मतदानपछि झापा उडेको हेलिकप्टर काठमाडौँमै फर्कियो

काठमाडौँ । काठमाडौँमा मतदान गरेर झापातर्फ उडेको हेलिकप्टर झापामा अवतरण नगरी पुनः काठमाडौँ फर्किएको छ।
हेली एभरेस्टको हेलिकप्टर झापामा अवतरण हुन नसकेपछि काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फर्किएको विमानस्थलका प्रवक्ता सन्तुष्ट कुमार बस्नेतले जानकारी दिएका छन्।
बस्नेतका अनुसार हेलिकप्टर केही समयमै काठमाडौँमा अवतरण हुने क्रममा रहेको छ।
“हेलिकप्टर अहिले काठमाडौँ फर्किरहेको छ, केही बेरमै यहाँ ल्यान्ड हुन्छ। झापामा किन अवतरण हुन सकेन भन्नेबारे अहिलेसम्म स्पष्ट जानकारी आएको छैन,” बस्नेतले भने।
हेलिकप्टर झापामा अवतरण नगरी फर्किनुको कारणबारे थप विवरण आउन बाँकी रहेको विमानस्थल स्रोतले जनाएको छ।

Facebook Comments Box
TOP
404 Shares