बिहान ६ बजेसम्म २५ क्षेत्रको नतिजा आउँदा कुन दल कहाँ विजयी ? (सूचीसहित)

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत देशभर मतगणना जारी रहँदा बिहान ६ बजेसम्म २५ वटा निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भएको छ। प्रारम्भिक नतिजाले नेपालको राजनीतिमा ठूलो परिवर्तनको संकेत गरेको छ।
नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अहिलेसम्मकै सबैभन्दा प्रभावशाली प्रदर्शन गर्दै १७ क्षेत्रमा जित हासिल गरेको छ। पुराना ठूला दलहरू भने अपेक्षाकृत कमजोर देखिएका छन्।
यस्तै नेपाली कांग्रेस ४, नेपाली कम्युनिस्ट पार्टी २ र नेकपा एमाले १ क्षेत्रमा विजयी भएका छन्।
रास्वपा विजयी भएका १७ क्षेत्र
धनुषा–३ – मनिष झा
कास्की–३ – बिना गुरुङ
काठमाडौं–१० – प्रदीप विष्ट
मोरङ–४ – सन्तोष राजवंशी
कास्की–२ – उत्तमप्रसाद पौडेल
काठमाडौं–५ – सस्मित पोखरेल
काठमाडौं–४ – पुकार बम
काठमाडौं–६ – शिशिर खनाल
काठमाडौं–८ – विराजभक्त श्रेष्ठ
काठमाडौं–३ – राजुनाथ पाण्डे
काठमाडौं–१ – रञ्जु दर्शना नेउपाने
काठमाडौं–९ – डोलप्रसाद अर्याल
मोरङ–६ – रुबिना आचार्य
बाँके–१ – सुरेशकुमार चौधरी
स्याङ्जा–१ – धनञ्जय रेग्मी
रुपन्देही–४ – कन्हैया बनियाँ
(अन्य क्षेत्रको नतिजा आउने क्रममा)
नेपाली कांग्रेस विजयी भएका क्षेत्र
तेह्रथुम – सन्तोष सुब्बा
दैलेख–१ – बासना थापा
रसुवा–१ – मोहन आचार्य
मुस्ताङ–१ – योगेश गौचन थकाली
मनाङ–१ – टेकबहादुर गुरुङ
नेपाली कम्युनिस्ट पार्टी विजयी भएका क्षेत्र
रुकुम पूर्व–१ – पुष्पकमल दाहाल ‘प्रचण्ड’
कालिकोट–१ – महेन्द्रबहादुर शाही
नेकपा एमाले विजयी भएको क्षेत्र
बाँके–२ – मोहम्मद इश्तियाक राई
समग्र तस्वीर
प्रारम्भिक परिणामले रास्वपाको ऐतिहासिक लहर देखिएको छ। धेरै पुराना राजनीतिक दलका प्रभावशाली नेताहरू पराजित भएका छन् भने धेरै क्षेत्रमा रास्वपा अग्रतामा छ।
राजनीतिक विश्लेषकहरूका अनुसार यही प्रवृत्ति कायम रहे नेपालको संघीय संसदमा ठूलो शक्ति सन्तुलन परिवर्तन हुन सक्ने संकेत देखिएको छ।

Facebook Comments Box
TOP
229 Shares