

नातावादको गन्ध आउने नियुक्ति : महावीर पुनको चेतावनी – “यसले प्रधानमन्त्रीको प्रतिष्ठामा असर पर्न सक्छ
काठमाडौं । नव निर्वाचित संघीय सांसद महावीर पुनले राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यकारी प्रमुखमा प्रधानमन्त्रीका स्वकीय सचिव आदर्श श्रेष्ठलाई गरिएको नियुक्तिको कडा आलोचना गरेका छन्।
पुनले उक्त नियुक्तिलाई नातावाद र कृपावादको उदाहरण भएको टिप्पणी गर्दै यसले सरकारप्रति जनतामा गलत सन्देश जाने बताएका छन्। उनका अनुसार सार्वजनिक संस्थामा योग्यता र पारदर्शितालाई प्राथमिकता दिनुपर्ने अवस्थामा यस्तो निर्णय आउनु दुःखद भएको बताए।
सांसद पुनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भनेका छन्, “यस प्रकारका नियुक्तिले दीर्घकालीन रूपमा सरकार र प्रधानमन्त्रीले कमाएको प्रतिष्ठामा असर पार्न सक्छ।” उनले योग्यता, अनुभव र खुला प्रतिस्पर्धाको आधारमा नेतृत्व चयन हुनुपर्नेमा जोड दिएका छन्।
उनले थप्दै भने, “यदि यस्तै प्रवृत्ति दोहोरिँदै गयो भने पुराना दलहरूमा देखिएको समस्या नयाँ दलहरूमा पनि सर्ने खतरा हुन्छ।” पुनका अनुसार जनताले परिवर्तनको अपेक्षा राखेका बेला नातावाद र कृपावाद झल्किने निर्णयहरूले नयाँ राजनीतिक शक्तिको विश्वाससमेत कमजोर बनाउन सक्छ।
पुनले राज्यका महत्वपूर्ण निकायमा नियुक्ति गर्दा पारदर्शिता, निष्पक्षता र संस्थागत प्रक्रियाको सम्मान हुनुपर्नेमा जोड दिएका छन्। उनका अनुसार यस्तो अभ्यासले मात्रै लोकतान्त्रिक प्रणालीप्रति जनताको विश्वास बलियो हुनेछ ।
समाज
थप सामाग्री-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
-
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
२० घण्टा अगाडि
1.8kViews 250 Shares Share on Facebook Share on Twitter काठमाडौं । ललितपुरको जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको प्रसिद्ध भोटो जात्रा हुँदैछ।…



