

तुलसीपुरमा आगलागी
दाङ, २८ माघ
दाङको तुलसीपुरमा रहेको इरम फुटवेयर जुत्ताचप्पल पसलमा आगलागी भएको छ । बिहीबार राति करिब पौने २ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेकाे छैन । चार तले घरमा आगलागी भएकाे हाे ।
तुलसीपुर उपमहागनरपालिका र घोराही उपमहानगरपालिकाको दमकल, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीयबासीले आगाे नियन्त्रणकाे प्रयास गरिरहेका छन् । अहिले केही नियन्त्रणमा आएको भए पनि पूर्ण नियन्त्रणमा आउन सकेको छैन ।विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसी श्यामु अर्यालले जानकारी दिए । आगलागी भएको घरभित्र केही मान्छे फसेका छन् । उनीहरुसँग सम्पर्क पनि हुन सकेको छैन । धुवाँ र तातोका कारण बाहिरबाट भित्र जान नसक्दा उनीहरुको उद्धार गर्न सकिएको छैन ।
समाज
थप सामाग्री-
द्वन्द्वकालीन गम्भीर अपराधमा कारबाहीको बाटो खुला, सर्वोच्चको परमादेश
-
विदेशी रोजगारीको नयाँ ढोका : युवतीहरूका लागि सुरक्षित र व्यवस्थित अवसर
-
दिक्पाल छन्दमा ‘सम्झेर प्यार’ : प्रेम, समर्पण र अनुभूतिको गहिरो गजल
-
प्रचण्डको सरकारमाथि कडा आरोप: निरंकुश शैलीतर्फ उन्मुख भएको दाबी
-
आज बैशाख १७ गते बिहीबार,यस्तो छ तपाईको राशिफल
१५ दिनमै तलब: सरकारको नयाँ प्रणाली सुरु, अर्थतन्त्र चलायमान बनाउने अपेक्षा
७ घण्टा अगाडि
1.5kViews 425 Shares Share on Facebook Share on Twitter काठमाडौं । सरकारले अब कर्मचारीलाई १५ दिनमै पारिश्रमिक उपलब्ध गराउने नयाँ…



