

`घैँटे’का सहयोगी भनिने सानुभाइ पक्राउ, प्रहरी अपरेशन जारी
काठमाडौं । राजधानीमा बढ्दो गुण्डागर्दी नियन्त्रण गर्न प्रहरीले सञ्चालन गरेको विशेष अपरेशन अन्तर्गत ‘सानुभाइ’ भनेर चिनिने युवराज गुरुङसहित १८ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ३३ वर्षीय गुरुङलाई गएराति सामाखुसी क्षेत्रबाट नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार शुक्रबार रातिदेखि उपत्यकाभर गुण्डागर्दीविरुद्ध व्यापक अपरेशन चलाइएको छ, जसअन्तर्गत शुक्रबार राति मात्रै १७ जनालाई पक्राउ गरिएको थियो। पछिल्लो पक्राउसँगै संख्या १८ पुगेको हो।
नुवाकोटको ककनी गाउँपालिका–५ स्थायी घर भई हाल टोखा–स्थित सूर्यदर्शन हाइटमा बस्दै आएका गुरुङ यसअघि पनि विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा पटक–पटक पक्राउ पर्दै छुट्दै आएका व्यक्ति हुन्।
प्रहरीका अनुसार ‘सानुभाइ’ गुरुङ कुख्यात गुण्डा नाइके कुमार श्रेष्ठ ‘घैँटे’का नजिकका सहयोगीका रूपमा परिचित छन्। ‘घैँटे’ प्रहरी इन्काउन्टरमा मारिएपछि गुरुङले सुरक्षाका लागि बुलेटप्रुफ ज्याकेट लगाएर हिँड्ने गरेको समेत बताइन्छ।
प्रहरीले पक्राउ परेका सबैमाथि थप अनुसन्धान अघि बढाएको जनाएको छ। साथै, उपत्यकामा शान्ति सुरक्षालाई चुनौती दिने समूहविरुद्ध यस्ता अपरेशन आगामी दिनमा पनि निरन्तर जारी रहने प्रहरीको भनाइ छ।
समाज
थप सामाग्री-
राष्ट्रिय हितका लागि सहकार्य अनिवार्यः सांसद निशा डाँगी
-
फेवाताल अतिक्रमण प्रकरण : डोजरको काम सराहनीय, तर न्यायिक आदेश र जग्गा नामसारीमा प्रश्न
-
फेवाताल जग्गा प्रकरणमा गृहमन्त्रीमाथि हर्क साम्पाङको प्रश्न, सत्य सार्वजनिक गर्न आग्रह
-
काठमाडौंमा ट्राफिक प्रहरीको ‘सर्प्राइज चेकिङ’ : मापसे गर्दै सवारी चलाउने १२ चालक पक्राउ
-
सरकारी कार्यालयको नयाँ समय: देशभर बिहान ९ बजेदेखि खुल्ने
गुण्डागर्दीको कालखण्ड समाप्त, काठमाडौं प्रहरी सक्रिय
१८ घण्टा अगाडि
2.0kViews 419 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौं महानगरपालिका–१७, पकनाजोल घर भएका ४० वर्षीय कोर्तु गुरुङ,…



