पवन सिं धामीमाथि वैदेशिक रोजगारी ठगीको आरोप, पक्राउ पुर्जी जारी

काठमाडौँ – वैदेशिक रोजगारको लागि रकम उठाइ फरार हुने गरेको आरोपमा पवन सिं धामीमाथि पक्राउ पुर्जी जारी भएको छ।
बैदेशिक रोजगार विभागका अनुसार धामीले वैदेशिक रोजगारका लागि “ग्रिस “पठाउँछु” भनी ठगी गरी दुई लाख पचास हजार रुपैयाँ उठाइ फरार भएका थिए। विभागले प्राप्त उजुरीको आधारमा धामीविरुद्ध अनुसन्धान सुरु गरेको छ।
सम्बन्धित कागजातमा उल्लिखित छ कि वैदेशिक रोजगार ऐन, २०६४ विपरीतको कार्य गरेको पाइएपछि विभागले थप अनुसन्धानको लागि आवश्यक प्रक्रिया अघि बढाएको छ। विभागले अनुसन्धान अधिकारी युवराज शर्मालाई यस मामलामा अनुसन्धान अगाडि बढाउन सिफारिस गरेको छ।
वैदेशिक रोजगारीमा ठगी र भ्रष्टाचारको घटनाले आप्रवासी कामदारमा थप चिन्ता बढाएको छ। विभागले उजुरी आएलगत्तै आवश्यक कारबाही अघि बढाउने जनाएको छ।

Facebook Comments Box
TOP
479 Shares