

गुण्डागर्दीको कालखण्ड समाप्त, काठमाडौं प्रहरी सक्रिय
काठमाडौं । काठमाडौं महानगरपालिका–१७, पकनाजोल घर भएका ४० वर्षीय कोर्तु गुरुङ, जसलाई स्थानीयवासीले ‘रेम्बो’को उपनामले चिन्थे। उनलाई गुण्डागर्दीमा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गुरुङलाई गएराति ठमेल क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार गुरुङमाथि गुण्डागर्दी, बिचौलियाको रूपमा नागरिकलाई समस्यामा पार्ने, र सार्वजनिक शान्ति विगार्ने आरोप छ। पक्राउपछि उनलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ।
पछिल्ला दिनहरूमा नेपाल प्रहरीले काठमाडौँ उपत्यका लगायत देशका विभिन्न स्थानमा गुण्डागर्दी नियन्त्रणका लागि तीव्र अभियान सञ्चालन गरेको छ। यस अभियानसँगै उपत्यकामा सक्रिय गुण्डाहरूको दमन भएको छ र अपराधीहरूलाई ठोस संदेश गएको छ।
जेनजी आन्दोलनपछिको सक्रिय प्रहरी नेतृत्व, विशेष गरी नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र काठमाडौं प्रहरी प्रमुख रमेश थापाको सक्रियतापछि, काठमाडौं उपत्यकामा शान्ति र सुरक्षा स्थिति सुधार भएको स्थानीय बासिन्दाले उल्लेख गरेका छन्।
उपत्यकावासीहरूका लागि गुण्डागर्दी नियन्त्रण अभियानले राहत र आशा ल्याएको छ, र प्रहरी प्रशासनले आगामी दिनमा पनि शान्ति कायम राख्ने प्रतिबद्धता जनाएको छ।
समाज
थप सामाग्री-
राष्ट्रिय हितका लागि सहकार्य अनिवार्यः सांसद निशा डाँगी
-
फेवाताल अतिक्रमण प्रकरण : डोजरको काम सराहनीय, तर न्यायिक आदेश र जग्गा नामसारीमा प्रश्न
-
फेवाताल जग्गा प्रकरणमा गृहमन्त्रीमाथि हर्क साम्पाङको प्रश्न, सत्य सार्वजनिक गर्न आग्रह
-
काठमाडौंमा ट्राफिक प्रहरीको ‘सर्प्राइज चेकिङ’ : मापसे गर्दै सवारी चलाउने १२ चालक पक्राउ
-
सरकारी कार्यालयको नयाँ समय: देशभर बिहान ९ बजेदेखि खुल्ने
गुण्डागर्दीको कालखण्ड समाप्त, काठमाडौं प्रहरी सक्रिय
१२ घण्टा अगाडि
2.0kViews 419 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौं महानगरपालिका–१७, पकनाजोल घर भएका ४० वर्षीय कोर्तु गुरुङ,…



