

सांसद पोखरेलको व्यवहार विवादित, महावीर पुनको कडा आलोचना
काठमाडौँ । विद्यालय गेटमा हेडमास्टरबाट स्वागत नपाएको विषयमा दिएको अभिव्यक्तिका कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेल विवादमा तानिएका छन्।
सार्वजनिक रूपमा फैलिएको भिडियोमा पोखरेलले विद्यालय गेटसम्म हेडमास्टर स्वागत गर्न नआएको भन्दै असन्तुष्टि व्यक्त गरेको देखिन्छ। उक्त भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भएसँगै उनको व्यवहारप्रति व्यापक आलोचना सुरु भएको छ।
यसैबीच, पूर्वशिक्षामन्त्री तथा सांसद महावीर पुनले पनि पोखरेलको अभिव्यक्तिमाथि कडा प्रतिक्रिया जनाएका छन्। उनले जनप्रतिनिधिको जिम्मेवारी र आचरणमाथि प्रश्न उठाउँदै यस्तो व्यवहार अस्वीकार्य भएको बताएका छन्।
पुनले सामाजिक सञ्जालमा लेखेका छन्, “यिनी कुन पार्टीका हुन् कुन्नि ? म यिनको नेता भएको भए ठाउँको ठाउँ बर्खास्त गरेर घर जाने टिकट काटेर पठाउने थिएँ।” उनले जनप्रतिनिधिलाई “जनताको नोकर” को संज्ञा दिँदै व्यक्तिगत सम्मानभन्दा जनताको सेवामा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्।
उनका अनुसार जनप्रतिनिधिले आफ्नो कार्यकाल जनताको हितमा समर्पित गर्नुपर्छ। “एउटा सांसदले आफ्नो क्षेत्रका जनताले अह्राएको काम गर्नुपर्छ र पाँच वर्षसम्म आफ्नो समय, शक्ति र बुद्धि जनताको सेवामा लगाउनुपर्छ,” पुनले उल्लेख गरेका छन्।
उनले थप्दै भनेका छन्, “बाटोमा स्वागत गरेनन् भनेर दुनियाँले देख्ने गरी यति धेरै धाक र रवाफ देखाउनु हुन्छ ? कि तुरुन्त माफी माग्नु पर्छ, होइन भने जनताले नै फिर्ता बोलाउनुपर्छ।”
यस घटनाले जनप्रतिनिधिको आचरण, जिम्मेवारी र जनताप्रतिको उत्तरदायित्वबारे पुनः बहस सुरु गराएको छ।
समाज
थप सामाग्री-
थापाथली क्षेत्रका चालिस प्रतिशत घरटहरा हटाइयो
-
थापाथली बस्ती हटाउँदा घरवारविहीन १३ जनालाई सुन्दरीघाटस्थित आश्रयमा व्यवस्थापन
-
थापाथलीमा सुकुमबासी बस्ती हटाउने अभियान सुरु, अवरोध आशंकामा ३ जना पक्राउ
-
थापाथलीमा सुकुम्बासी बस्ती हटाउन सुरु, डोजरसँगै सुरक्षा कडाइ
-
मधेश प्रदेश प्रहरीद्वारा भ्रामक समाचारको खण्डन, डीआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप
भ्रामक समाचारप्रति मधेश प्रदेश प्रहरीको आपत्ति, डीआईजी थपलियाविरुद्धको दुष्प्रचार खण्डन
२० घण्टा अगाडि
4.6kViews 448 Shares Share on Facebook Share on Twitter काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन तथा कर्मचारीको…



