थापाथली बस्ती हटाउँदा घरवारविहीन १३ जनालाई सुन्दरीघाटस्थित आश्रयमा व्यवस्थापन

काठमाडौँ । थापाथलीस्थित अव्यवस्थित बस्ती खाली गराउने क्रममा घरवारविहीन बनेका १३ जनालाई काठमाडौँ महानगरपालिकाले अस्थायी रूपमा सुन्दरीघाटस्थित राधास्वामी सत्संगमा व्यवस्थापन गरेको जनाएको छ।

महानगरका अनुसार ती व्यक्तिहरू परिवारको अभिभावकविहीन अवस्थामा रहेको प्रारम्भिक जानकारीपछि तत्काल सुरक्षित स्थानमा सारिएको हो। “जसको परिवारको अभिभावक नै नभएको बुझिएको छ, उहाँहरूलाई सुन्दरीघाट लगिएको छ। थप विवरण संकलन भइरहेको छ,” महानगर प्रहरी बलका एक अधिकृतले बताए।

महानगरपालिकाले बस्ती व्यवस्थापनका क्रममा प्रभावितहरूको पहिचान, अवस्था मूल्याङ्कन र आवश्यक सहयोगका लागि थप अध्ययन जारी रहेको जनाएको छ। साथै, वास्तविक रूपमा घरवारविहीन बनेकाहरूलाई दीर्घकालीन व्यवस्थापनका लागि सम्बन्धित निकायहरूसँग समन्वय गर्ने तयारी समेत गरिएको छ।

Facebook Comments Box
भ्रामक समाचारप्रति मधेश प्रदेश प्रहरीको आपत्ति, डीआईजी थपलियाविरुद्धको दुष्प्रचार खण्डन
२० घण्टा अगाडि

4.6kViews 448 Shares Share on Facebook Share on Twitter काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन तथा कर्मचारीको…

TOP
106 Shares