राष्ट्र बैंकद्वारा शनिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गर्दै प्रमुख मुद्राहरूको खरिद तथा बिक्री दर सार्वजनिक गरेको छ।

केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १५० रुपैयाँ ५० पैसा र बिक्री दर १५१ रुपैयाँ १० पैसा तोकिएको छ।

त्यस्तै, युरोपियन युरो एकको खरिद दर १७६ रुपैयाँ ३६ पैसा र बिक्री दर १७७ रुपैयाँ ०७ पैसा कायम गरिएको छ। युके पाउन्ड स्टर्लिङ एकको खरिद दर २०३ रुपैयाँ २३ पैसा र बिक्री दर २०४ रुपैयाँ ०४ पैसा तोकिएको छ भने स्वीस फ्रयांक एकको खरिद दर १९१ रुपैयाँ ६३ पैसा र बिक्री दर १९२ रुपैयाँ ४० पैसा निर्धारण गरिएको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर १०७ रुपैयाँ ६३ पैसा र बिक्री दर १०८ रुपैयाँ ०६ पैसा, क्यानेडियन डलर एकको खरिद दर १०९ रुपैयाँ ९५ पैसा र बिक्री दर ११० रुपैयाँ ३९ पैसा तथा सिंगापुर डलर एकको खरिद दर ११७ रुपैयाँ ९५ पैसा र बिक्री दर ११८ रुपैयाँ ४२ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।

जापानी येन १० को खरिद दर ९ रुपैयाँ ४४ पैसा र बिक्री दर ९ रुपैयाँ ४८ पैसा तोकिएको छ। चिनियाँ युआन एकको खरिद दर २२ रुपैयाँ ०१ पैसा र बिक्री दर २२ रुपैयाँ १० पैसा रहेको छ।

त्यसैगरी, साउदी अरेबियन रियाल एकको खरिद दर ४० रुपैयाँ १३ पैसा र बिक्री दर ४० रुपैयाँ २९ पैसा, कतारी रियाल एकको खरिद दर ४१ रुपैयाँ २८ पैसा र बिक्री दर ४१ रुपैयाँ ४५ पैसा निर्धारण गरिएको छ।

थाई भाट एकको खरिद दर ४ रुपैयाँ ६५ पैसा र बिक्री दर ४ रुपैयाँ ६७ पैसा, यूएई दिराम एकको खरिद दर ४० रुपैयाँ ९७ पैसा र बिक्री दर ४१ रुपैयाँ १४ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३७ रुपैयाँ ९६ पैसा र बिक्री दर ३८ रुपैयाँ ११ पैसा तोकिएको छ।

त्यस्तै, दक्षिण कोरियन वन १०० को खरिद दर १० रुपैयाँ १८ पैसा र बिक्री दर १० रुपैयाँ २२ पैसा, स्वीडिस क्रोनर एकको खरिद दर १६ रुपैयाँ ३१ पैसा र बिक्री दर १६ रुपैयाँ ३८ पैसा तथा डेनिस क्रोनर एकको खरिद दर २३ रुपैयाँ ६० पैसा र बिक्री दर २३ रुपैयाँ ६९ पैसा कायम गरिएको छ।

हङकङ डलर एकको खरिद दर १९ रुपैयाँ २१ पैसा र बिक्री दर १९ रुपैयाँ २९ पैसा तोकिएको छ।

यसैगरी, कुवेती दिनार एकको खरिद दर ४९० रुपैयाँ ८७ पैसा र बिक्री दर ४९२ रुपैयाँ ८२ पैसा, बहराइन दिनार एकको खरिद दर ३९८ रुपैयाँ ५७ पैसा र बिक्री दर ४०० रुपैयाँ १६ पैसा तथा ओमानी रियाल एकको खरिद दर ३९० रुपैयाँ ९० पैसा र बिक्री दर ३९२ रुपैयाँ ४६ पैसा निर्धारण गरिएको छ।

भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।

Facebook Comments Box
भ्रामक समाचारप्रति मधेश प्रदेश प्रहरीको आपत्ति, डीआईजी थपलियाविरुद्धको दुष्प्रचार खण्डन
२० घण्टा अगाडि

4.6kViews 448 Shares Share on Facebook Share on Twitter काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन तथा कर्मचारीको…

TOP
411 Shares