

वैशाख १२: दशकपछि पनि अधुरो पुनर्निर्माण, अझै बाँकी घाउहरू
काठमाडौँ । विसं २०७२ वैशाख १२ को दिन नेपाली इतिहासमा कहिल्यै नबिर्सिने कालो दिनका रूपमा अंकित छ । हरेक वर्ष यो दिन आउँदा नेपाली समाज एकैपटक विगततर्फ फर्किन्छ—भूकम्पले निम्त्याएको विनाश, पीडा र पुनर्निर्माणको लामो यात्रा सम्झिन्छ ।
गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको ७.६ रेक्टर स्केलको विनाशकारी भूकम्पले हजारौँको ज्यान लिएको मात्र होइन, लाखौँका सपना पनि भत्काइदिएको थियो । बिहान ११ः५६ बजे गएको उक्त भूकम्पमा ८ हजार ९७९ जनाको मृत्यु भएको थियो भने २२ हजार ३०९ जना घाइते भएका थिए ।
भूकम्पले करिब १० लाख निजी आवास, ७ हजार ५५३ विद्यालयका ४९ हजारभन्दा बढी कक्षाकोठा, ५४४ स्वास्थ्य संस्था पूर्ण रूपमा क्षति पु¥याएको थियो । त्यस्तै ६५३ स्वास्थ्य संस्था आंशिक क्षति, ४१५ सरकारी भवन, १७० विश्व सम्पदा क्षेत्रका सम्पदा, ९२० सांस्कृतिक सम्पदा र सयौँ सुरक्षा निकायका भवनसमेत प्रभावित भएका थिए ।
तीन हजारभन्दा बढी खानेपानी संरचना, ५३ सडक र करिब ३०० बस्तीमा समेत ठूलो क्षति पुगेको तथ्याङ्कले देखाउँछ ।
दशक बितिसक्दा पनि पुनर्निर्माणको काम पूर्ण रूपमा सम्पन्न हुन सकेको छैन । निजी आवास पुनर्निर्माणतर्फ आठ लाखभन्दा बढी लाभग्राही पहिचान भए पनि करिब ८९ प्रतिशत मात्र निर्माण सम्पन्न भएको छ । सरकारी लक्ष्य ९९ प्रतिशत भए पनि काम अपेक्षाअनुसार अघि बढ्न नसकेको अधिकारीहरू बताउँछन् ।
सहरी विकास तथा भवन निर्माण विभागका अनुसार धेरै लाभग्राही समयमै सम्पर्कमा नआउनु, प्रशासनिक ढिलाइ, जग्गा व्यवस्थापन समस्या र आर्थिक अभाव पुनर्निर्माण ढिलाइका प्रमुख कारण बनेका छन् । कतिपयले अनुदान लिए पनि निर्माण कार्य सुरु नगरेको देखिएको छ ।
सरकारले प्रदान गरेको रु तीन लाख अनुदानले घर निर्माण पूरा गर्न पर्याप्त नहुँदा धेरै परिवारले निर्माण सुरु गर्न ढिलाइ गरेका हुन् ।
भूकम्पपछिको पुनर्निर्माण अन्तर्गत विद्यालय, स्वास्थ्य संस्था, सरकारी भवन र सम्पदा पुनर्निर्माणको काम पनि जारी छ । केही संरचना सम्पन्न भए पनि धेरै अझै निर्माणाधीन अवस्थामा छन् ।
यसैबीच, महालेखापरीक्षकको प्रतिवेदनले पुनर्निर्माण कार्य प्रभावकारी रूपमा सम्पन्न हुन नसकेको औँल्याउँदै दिगो योजना र अनुगमन आवश्यक रहेको सुझाव दिएको छ ।
पूर्वाधार विज्ञहरूका अनुसार नीति स्पष्ट नहुनु, लागत वृद्धि, निर्माण व्यवसायीको ढिलासुस्ती र लाभग्राहीको कमजोर आर्थिक अवस्थाले पुनर्निर्माणलाई प्रभावित बनाएको छ ।
भूकम्पपछि भएको दाता सम्मेलनमा ठूलो रकम सहयोगको घोषणा भए पनि अपेक्षाअनुसार सबै रकम प्राप्त नभएको पनि उल्लेख गरिएको छ ।
दशक बितिसक्दा पनि भूकम्पको घाउ पूर्ण रूपमा निको हुन सकेको छैन । पुनर्निर्माणका केही उपलब्धि भए पनि अझै धेरै संरचना, धेरै जीवन र धेरै सम्झनाहरू अधुरै छन् ।
समाज
थप सामाग्री-
थापाथली क्षेत्रका चालिस प्रतिशत घरटहरा हटाइयो
-
थापाथली बस्ती हटाउँदा घरवारविहीन १३ जनालाई सुन्दरीघाटस्थित आश्रयमा व्यवस्थापन
-
थापाथलीमा सुकुमबासी बस्ती हटाउने अभियान सुरु, अवरोध आशंकामा ३ जना पक्राउ
-
थापाथलीमा सुकुम्बासी बस्ती हटाउन सुरु, डोजरसँगै सुरक्षा कडाइ
-
मधेश प्रदेश प्रहरीद्वारा भ्रामक समाचारको खण्डन, डीआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप
भ्रामक समाचारप्रति मधेश प्रदेश प्रहरीको आपत्ति, डीआईजी थपलियाविरुद्धको दुष्प्रचार खण्डन
२० घण्टा अगाडि
4.6kViews 448 Shares Share on Facebook Share on Twitter काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन तथा कर्मचारीको…



