

तातोपानी नाकाबाट ५६ लाखभन्दा बढी मूल्यको अवैध भेपसहित ७ जना पक्राउ
काठमाडौं । नेपाल–चीन सीमास्थित सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै अवैध रूपमा ल्याइँदै गरेको ठूलो परिमाणको भेप (इलेक्ट्रोनिक सिगरेट) सहित सात जना पक्राउ परेका छन्।
शुक्रबार भोटेकोसी गाउँपालिका–३ गंजेखोला क्षेत्रबाट प्रहरीले १,६२० थान भेप बरामद गर्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो। बरामद सामानको मूल्य करिब ५६ लाख ७० हजार रुपैयाँ रहेको अनुमान गरिएको छ।
पक्राउ पर्नेहरूमा भोटेकोसी गाउँपालिका–४ का ३५ वर्षीय गणेश खड्का, ४६ वर्षीय हिमाल खड्का, २४ वर्षीय विकास विक, ४८ वर्षीय रामबहादुर विक, १७ वर्षीय विशाल विक, ३७ वर्षीय मङ्गलबहादुर थामी तथा बाह्रबिसे नगरपालिका–५ का ४२ वर्षीय कान्छा तामाङ रहेका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार बरामद सामग्रीलाई तातोपानी भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको छ। पक्राउ परेकामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाउँदै म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
समाज
थप सामाग्री-
एसएसपी कृष्ण कोइरालाद्वारा अपराध अनुसन्धान शाखाको निरीक्षण, सेवामा पारदर्शिता र त्रुटिरहित अनुसन्धानमा जोड
-
पशुपति क्षेत्रमा साधु हत्या प्रकरण : तीन महिनापछि मुख्य आरोपी पक्राउ
-
सुस्तामा एसएसबी प्रवेशपछि स्थानीयको प्रतिकार, समन्वयपछि अवस्था सामान्य
-
देशभर बदली र वर्षाको सम्भावना, कोशीमा भारी वर्षा हुन सक्ने चेतावनी
-
आज जेठ ३० गते शनिबार, यस्तो छ तपाईको राशिफल
गृह मन्त्रालयद्वारा चार डीआईजीको सरुवा, विभिन्न प्रदेश र विभागमा जिम्मेवारी हेरफेर
१० घण्टा अगाडि
1.9kViews 405 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीका चार जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को…



