

ओलीको नेतृत्वबारे भ्रम फैलाइएको दाबी, एमाले सचिव बस्नेतद्वारा खण्डन
काठमाडौँ । नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नेतृत्व परिवर्तन र राजीनामासम्बन्धी फैलाइएका चर्चाहरू भ्रामक भएको दाबी गरेका छन् ।
आइतबार बसेको एमाले सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेका सबै प्रस्तावहरू सर्वसम्मत रूपमा पारित भएको बताएका छन् ।
बस्नेतले पार्टीभित्र नेतृत्व परिवर्तनको कुनै औपचारिक एजेन्डा वा सहमति नभएको स्पष्ट गर्दै आगामी दिनमा पनि पार्टीको नेतृत्व ओलीकै हातमा रहने बताएका छन् ।
उनले हाल बाहिर फैलाइएका नेतृत्व परिवर्तनसम्बन्धी चर्चा आधारहीन र भ्रम सिर्जना गर्ने उद्देश्यले गरिएको टिप्पणी पनि गरेका छन् ।
यसैबीच, महेश बस्नेतले पार्टी एकता र संगठनात्मक मजबूतीमा ध्यान केन्द्रित गर्न सबै नेता–कार्यकर्तालाई आग्रह गरेका छन् ।
समाज
थप सामाग्री
बागमती नदीमा नुहाउने क्रममा दुई युवक बेपत्ता, खोजी जारी
१ दिन अगाडि
1.7kViews 125 Shares Share on Facebook Share on Twitter काठमाडौँ । बागमती नदीमा नुहाउने क्रममा दुई युवक बेपत्ता भएका छन्।…



