

एसएसपी रजौरेको सक्रियतामा विमानस्थलबाट ५५ लाख बराबरको विदेशी मुद्रा बरामद, नेपाल एयरलाइन्सका कर्मचारी पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको कडा सुरक्षा निगरानीका क्रममा करिब ५४ लाख ७१ हजार ६८९ रुपैयाँ बराबरको विदेशी तथा नेपाली मुद्रा सहित नेपाल एयरलाइन्सका एक कर्मचारी पक्राउ परेका छन्।
विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी बसन्त रजौरेको नेतृत्वमा खटिएको प्रहरी टोलीले अन्तर्राष्ट्रिय प्रस्थान क्षेत्रको नियमित चेकजाँचका क्रममा फलामको कराईभित्र लुकाएर लैजान खोजिएको ठूलो परिमाणको नगद फेला पारेको हो।
पक्राउ पर्ने व्यक्ति सुनसरीको गढी गाउँपालिका–१ घर भई हाल काठमाडौंको बबरमहल बस्ने ५० वर्षीय कमल नारायण विश्वास रहेको प्रहरीले जनाएको छ। उनी नेपाल एयरलाइन्समा ग्राउन्ड इक्विपमेन्ट अपरेटर पदमा कार्यरत कर्मचारी हुन्।
प्रहरीका अनुसार विश्वास सोमबार राति क्वालालम्पुर, मलेसिया जान लागेका थिए। विमानस्थलस्थित अन्तर्राष्ट्रिय प्रस्थानतर्फको ब्यागेज स्क्रिनिङ क्षेत्रमा उनको झोलामाथि गरिएको जाँचका क्रममा शंकास्पद वस्तु देखिएपछि थप परीक्षण गरिएको थियो। त्यसक्रममा फलामको कराईभित्र अत्यन्त गोप्य ढंगले लुकाइएका विभिन्न देशका मुद्रा तथा नेपाली रुपैयाँ बरामद भएको हो।
बरामद मुद्रामा अमेरिकी डलर, ओमानी रियाल, पाकिस्तानी रुपैयाँ, मलेसियन रिङ्गिट, श्रीलंकन रुपैयाँ, जापानी येन, वेस्ट अफ्रिकन फ्रान्क्स लगायत नेपाली रुपैयाँसमेत रहेका छन्। ती सबै मुद्राको नेपाली मूल्यांकन गर्दा ५४ लाख ७१ हजार ६८९ रुपैयाँ ३२ पैसा बराबर हुन आएको प्रहरीले जनाएको छ।
एसएसपी रजौरेले विमानस्थलमा अवैध मुद्रा ओसारपसार तथा अन्य गैरकानुनी गतिविधिविरुद्ध निगरानी थप कडा बनाइएको बताउँदै घटनाबारे थप अनुसन्धान जारी रहेको जानकारी दिए।
यो घटनाले अन्तर्राष्ट्रिय विमानस्थलमार्फत हुने अवैध मुद्रा कारोबार नियन्त्रणमा सुरक्षा निकायको सतर्कता र सक्रियता प्रभावकारी रहेको देखाएको छ।
समाज
थप सामाग्री-
पशुपति क्षेत्रमा साधु हत्या प्रकरण : तीन महिनापछि मुख्य आरोपी पक्राउ
-
सुस्तामा एसएसबी प्रवेशपछि स्थानीयको प्रतिकार, समन्वयपछि अवस्था सामान्य
-
देशभर बदली र वर्षाको सम्भावना, कोशीमा भारी वर्षा हुन सक्ने चेतावनी
-
आज जेठ ३० गते शनिबार, यस्तो छ तपाईको राशिफल
-
गृह मन्त्रालयद्वारा चार डीआईजीको सरुवा, विभिन्न प्रदेश र विभागमा जिम्मेवारी हेरफेर
हराएका मोबाइल खोजेर धनीकै हातमा : काठमाडौं प्रहरीको प्रभावकारी अभियान, सेवाग्राही खुसी
७ घण्टा अगाडि
2.1kViews 426 Shares Share on Facebook Share on Twitter काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले हराएका मोबाइल फोन खोजतलास गरी…



