

पशुपति क्षेत्रमा साधु हत्या प्रकरण : तीन महिनापछि मुख्य आरोपी पक्राउ
काठमाडौं । पशुपति क्षेत्रमा एक साधुको हत्या गरेको आरोपमा फरार रहेका मुख्य आरोपीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा द्रव्यनाथ भनिने सुविन रानामगर रहेका छन्।
गत फागुनमा काठमाडौं महानगरपालिका–८ स्थित पशुपति क्षेत्रको १५ नम्बर शिवालयमा सन्तोष गिरी भनिने सन्तोष परियार (जोगी) मृत अवस्थामा फेला परेका थिए। घटनापछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
प्रहरीका अनुसार महाशिवरात्रि मेलाका क्रममा केही साधुहरूसँग भएको विवादपछि सन्तोषमाथि सामूहिक आक्रमण भएको थियो। अनुसन्धानका क्रममा चिम्टा र बाँसको चिर्पट प्रयोग गरी उनको हत्या गरिएको खुल्न आएको छ।
यसअघि घटनामा संलग्न रहेको आशंकामा प्रहरीले भारतको उत्तर प्रदेशका ४८ वर्षीय नीरज नाथ र दोलखाका २३ वर्षीय आशीर्वाद नाथ योगी (सरोज तामाङ) लाई पक्राउ गरी अनुसन्धान गरेको थियो।
हत्या घटनापछि मुख्य आरोपी द्रव्यनाथ बल्खु क्षेत्र हुँदै भारततर्फ फरार भएको प्रहरीले जनाएको छ। फरार रहेका उनलाई विशेष सूचनाका आधारमा शुक्रबार महोत्तरीको गौशाला नगरपालिका–६ बाट पक्राउ गरी काठमाडौं ल्याइएको हो।
प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।
समाज
थप सामाग्री-
पशुपति क्षेत्रमा साधु हत्या प्रकरण : तीन महिनापछि मुख्य आरोपी पक्राउ
-
सुस्तामा एसएसबी प्रवेशपछि स्थानीयको प्रतिकार, समन्वयपछि अवस्था सामान्य
-
देशभर बदली र वर्षाको सम्भावना, कोशीमा भारी वर्षा हुन सक्ने चेतावनी
-
आज जेठ ३० गते शनिबार, यस्तो छ तपाईको राशिफल
-
गृह मन्त्रालयद्वारा चार डीआईजीको सरुवा, विभिन्न प्रदेश र विभागमा जिम्मेवारी हेरफेर
हराएका मोबाइल खोजेर धनीकै हातमा : काठमाडौं प्रहरीको प्रभावकारी अभियान, सेवाग्राही खुसी
६ घण्टा अगाडि
2.1kViews 426 Shares Share on Facebook Share on Twitter काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले हराएका मोबाइल फोन खोजतलास गरी…



