सशस्त्र प्रहरीको प्रवक्ता तथा सूचना अधिकारीमा डीआईजी नेत्रबहादुर कार्की नियुक्त

काठमाडौं — सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) नेत्रबहादुर कार्कीलाई दिइएको छ।

यसअघि उक्त जिम्मेवारी सम्हाल्दै आएका डीआईजी विष्णुप्रसाद भट्ट सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय, महोत्तरीमा सरुवा भएपछि प्रवक्ताको पद रिक्त रहेको थियो।

रिक्त पदमा डीआईजी कार्कीलाई जिम्मेवारी दिइएको हो। उनलाई संगठनको आधिकारिक सूचना सम्प्रेषण, सञ्चार समन्वय तथा सार्वजनिक जानकारी व्यवस्थापनसम्बन्धी जिम्मेवारी दिइएको सशस्त्र प्रहरीले जनाएको छ।

Facebook Comments Box
TOP
Shares