

एसएसपी कृष्ण कोइरालाद्वारा अपराध अनुसन्धान शाखाको निरीक्षण, सेवामा पारदर्शिता र त्रुटिरहित अनुसन्धानमा जोड
पोखरा । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका एसएसपी कृष्ण कोइरालाले जिल्ला प्रहरी कार्यालय कास्की अन्तर्गतका विभिन्न शाखाको निरीक्षण गर्दै अनुसन्धान कार्यलाई थप प्रभावकारी, पारदर्शी र त्रुटिरहित बनाउन निर्देशन दिएका छन्।
एसएसपी कोइराला सहितको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय कास्कीको अपराध अनुसन्धान शाखा, उजुरी तथा छानबिन शाखा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र, अनुचित लेनदेन शाखा, सीडीआर शाखा तथा हिरासत कक्षको निरीक्षण गरेको हो।
निरीक्षणका क्रममा शाखाहरूको कार्यसम्पादन, अनुसन्धान प्रक्रिया तथा सेवा प्रवाहको अवस्थाबारे जानकारी लिँदै उनले सुधार गर्नुपर्ने पक्षहरू औँल्याएका थिए। साथै विभागीय नीति–निर्देशन, ‘क्याप (CAP) निर्देशन’ को लक्ष्य र उद्देश्यअनुरूप अनुसन्धान तथा प्रशासनिक कार्यहरू त्रुटिरहित ढंगले सञ्चालन गर्न मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्।
एसएसपी कोइरालाले प्रहरी सेवा नागरिकमुखी, निष्पक्ष र पारदर्शी हुनुपर्नेमा जोड दिँदै सेवाग्राहीलाई प्रदान गरिने सम्पूर्ण सेवा निःस्वार्थ भावनाका साथ प्रभावकारी रूपमा प्रवाह गर्न आग्रह गरे।
उनले अनुसन्धानको गुणस्तर अभिवृद्धि, सेवा प्रवाहमा सुधार तथा संगठनप्रतिको जनविश्वास मजबुत बनाउन सबै प्रहरी कर्मचारीले उच्च व्यावसायिकता र जिम्मेवारीका साथ कार्य गर्नुपर्ने बताए।
समाज
थप सामाग्री-
एसएसपी कृष्ण कोइरालाद्वारा अपराध अनुसन्धान शाखाको निरीक्षण, सेवामा पारदर्शिता र त्रुटिरहित अनुसन्धानमा जोड
-
पशुपति क्षेत्रमा साधु हत्या प्रकरण : तीन महिनापछि मुख्य आरोपी पक्राउ
-
सुस्तामा एसएसबी प्रवेशपछि स्थानीयको प्रतिकार, समन्वयपछि अवस्था सामान्य
-
देशभर बदली र वर्षाको सम्भावना, कोशीमा भारी वर्षा हुन सक्ने चेतावनी
-
आज जेठ ३० गते शनिबार, यस्तो छ तपाईको राशिफल
गृह मन्त्रालयद्वारा चार डीआईजीको सरुवा, विभिन्न प्रदेश र विभागमा जिम्मेवारी हेरफेर
१० घण्टा अगाडि
1.8kViews 405 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीका चार जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को…



