

६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमण
काठमाण्डौ – सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डले हिजो सार्वजनिक गरेको तथ्याङ्कअनुसार, सन् २०२५ को पहिलो ६ महिनामा पाँच लाख ७७ हजार तीन सय ३३ विदेशी पर्यटक नेपाल आएका हुन् ।
गएको वर्षको यही अवधिमा पाँच लाख ८३ हजार ११ पर्यटक नेपाल आएका थिए । यसपालिको जुन महिनामा ७६ हजार चार सय २५ पर्यटक नेपाल आएका छन् । जुन महिनामा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा धेरै भारतबाट आएका छन् ।
बोर्डका अनुसार भारतबाट ३२ हजार छ सय ६२ पर्यटक नेपाल आएका छन् । अमेरिकाबाट नौ हजार छ सय छ, चीनबाट छ हजार सात सय ३६, बङ्गलादेशबाट पाँच हजार चार सय ४९ र बेलायतबाट दुई हजार दुई सय ८४ पर्यटकले नेपाल भ्रमण गरेका छन् । यस अवधिमा अष्ट्रेलिया, मलेशिया, भुटान, जापान र दक्षिण कोरियाबाट पनि पर्यटक नेपाल आएका बोर्डले जनाएको छ ।
समाज
थप सामाग्री-
विदेशी रोजगारीको नयाँ ढोका : युवतीहरूका लागि सुरक्षित र व्यवस्थित अवसर
-
दिक्पाल छन्दमा ‘सम्झेर प्यार’ : प्रेम, समर्पण र अनुभूतिको गहिरो गजल
-
प्रचण्डको सरकारमाथि कडा आरोप: निरंकुश शैलीतर्फ उन्मुख भएको दाबी
-
आज बैशाख १७ गते बिहीबार,यस्तो छ तपाईको राशिफल
-
१५ दिनमै तलब: सरकारको नयाँ प्रणाली सुरु, अर्थतन्त्र चलायमान बनाउने अपेक्षा
वालेन सरकारलाई प्रश्नः जडीबुटीको बसपार्क कहिले हटाउने ?
६ घण्टा अगाडि
2.3kViews 456 Shares Share on Facebook Share on Twitter काठमाडौं महानगरपालिका–३२, जडीबुटीमा अरनिको बसपार्क सञ्चालित छ । बाटो छेउ र…



