सामाजिक सञ्जाल सूचीकरणको सात दिनको समय सकियो,म्याद थपको मुडमा सरकार

काठमाडौँ ।सरकारले दिएको सात दिनको समयसीमा बुधबार सकिँदा पनि कुनै सामाजिक सञ्जाल सञ्चालकले नेपालमा सूचीकरणका लागि निवेदन दर्ता गराएका छैनन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरका अनुसार कार्यालय समय (बिहानदेखि बेलुकी ५ बजेसम्म) भित्र कुनै पनि सामाजिक सञ्जालले सम्पर्क नगरेको र आवेदन नआएको स्पष्ट भएको छ। गत बुधबार मन्त्रिपरिषद्को निर्णयअनुसार सामाजिक सञ्जाललाई ७ दिनभित्र नेपालमा अनिवार्य सूचीकरण गर्न भनिएको थियो। सूचीकरण नगरे नेपालमै सामाजिक सञ्जाल निष्क्रिय गर्ने चेतावनी सरकारको तर्फबाट दिइएको थियो।

तर, समयसीमा गुज्रिए पनि फेसबुकलगायतका लोकप्रिय सामाजिक सञ्जाल बन्द हुन्छन् कि हुँदैनन् भन्ने आम चासो बढिरहेको छ। समाचार तयार पार्दासम्म यसबारे सरकारको कुनै ठोस निर्णय आएको छैन।तथापि सरकार म्याद थपको गृह कार्यमा लागेको बताइन्छ ।

Facebook Comments Box
TOP
288 Shares