

२४ सै घण्टा फिल्डमा डिआइजी गोविन्द थपलिया : मधेसमा कडा चुनावी सुरक्षा रणनीति
जनकपुर । मधेस प्रदेशका प्रहरी प्रमुख गोविन्द थपलिया चुनावी सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै २४ सै घण्टा फिल्डमा खटिएका छन्। आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने लक्ष्यसहित उनले सुरक्षा रणनीति तीव्र पारिरहेका छन्।
मधेस प्रदेश अन्तर्गतका जिल्लाहरू—सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा—का सुरक्षा कमान्डरहरूलाई कडा निर्देशन दिँदै उनले शान्ति सुरक्षामा खलल पार्ने जो–कोही तत्वलाई तत्काल कानुनी कठघरामा उभ्याउन स्पष्ट आदेश दिएका छन्।
डिआइजी थपलिया आफैँ जिल्लादेखि सिमानाका नाकासम्म पुगेर सुरक्षा अवस्थाको स्थलगत अनुगमन गरिरहेका छन्। मध्यरातसम्म सडकमा खटिँदै उनले सुरक्षाकर्मीहरूको मनोबल उच्च राख्नुका साथै संवेदनशील क्षेत्रहरूको पहिचान गरी विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएका छन्।
उनको सक्रियता र नेतृत्वले मधेस प्रदेशमा सुरक्षा संयन्त्र थप चुस्त र सुदृढ बनेको छ। नागरिकलाई ढुक्क भएर मतदान गर्न पाउने वातावरण निर्माण गर्न प्रहरी प्रशासन पूर्ण रूपमा प्रतिबद्ध रहेको उनले स्पष्ट पारेका छन्।
चुनावी सुरक्षामा कुनै कमजोरी हुन नदिन प्रदेश प्रहरी प्रमुख स्वयं मैदानमा उत्रिनु मधेस प्रदेशमा सुरक्षा सतर्कता उच्चस्तरमा पुगेको संकेतका रूपमा हेरिएको छ।
समाज
थप सामाग्री-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
-
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
२२ घण्टा अगाडि
1.8kViews 250 Shares Share on Facebook Share on Twitter काठमाडौं । ललितपुरको जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको प्रसिद्ध भोटो जात्रा हुँदैछ।…



