

कैलालीमा भीषण मोटरसाइकल दुर्घटना: तीन जनाको मृत्यु, एक घाइते
कैलाली जिल्लाको गोदावरी नगरपालिका–४ स्थित वनदेवी मन्दिर नजिक शुक्रबार साँझ भएको भीषण मोटरसाइकल दुर्घटनामा तीन जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन्।
प्रहरीका अनुसार, गोदावरीबाट अत्तरियातर्फ आउँदै गरेको सुप प्र ०१–००९ प ७७८१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट गइरहेको ०१–०१० प ३१८७ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा दुर्घटना भएको हो। साँझको समयमा भएको यो ठक्कर अत्यन्तै शक्तिशाली रहेको जनाइएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका धनगढी–२ निवासी हरिस ओलीको नवजीवन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। त्यस्तै, गोदावरी नगरपालिका–१ का २१ वर्षीय हरिस विक र सोही स्थानका अन्दाजी २५ वर्षीय योगेन्द्र शाहको पनि उपचारकै क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय अत्तरियका प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दले जानकारी दिएका छन्।
दुर्घटनामा परी घाइते भएका गोदावरी–६ का अन्दाजी २३ वर्षीय जीवन पाठकको मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार उनको अवस्था मध्यम रहेको छ।
प्रारम्भिक अनुसन्धानअनुसार तीव्र गति र सम्भावित लापरबाही दुर्घटनाको कारण हुन सक्ने आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
समाज
थप सामाग्री-
आज बैशाख २३ गते बुधबार,यस्तो छ तपाईको राशिफल
-
ओझेलमा परेको बगरको तातोपानी कुण्ड: प्राकृतिक उपचार र पर्यटनको अपार सम्भावना
-
फेक रेस्क्यु काण्ड : सिआइबीद्वारा दोस्रो चरणको अनुसन्धान सुरु, आरोपितको सम्पत्तिमाथि कडाइ
-
मालपोत कार्यालयको नाम परिवर्तन गरी ‘भूमि प्रशासन कार्यालय’ कायम
-
वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्ने सरकारको सिफारिस
एआईजी शाहद्वारा महिला गोल्ड कप विजेता टोलीलाई बधाई
१६ घण्टा अगाडि
1.5kViews 459 Shares Share on Facebook Share on Twitter काठमाडौं । राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक तथा नेपाल प्रहरी खेलकुद…



