नेपाल प्रहरी प्रधान कार्यालयमा सैनिक कमाण्ड तथा स्टाफ कलेजका १०७ अधिकृतको अवलोकन भ्रमण सम्पन्न

सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालित कमाण्ड एण्ड स्टाफ कोर्स सि.सं. ३२ अन्तर्गत तालिमरत १ सय ७ जना अधिकृतहरूले सोमबार नेपाल प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण सम्पन्न गरेका छन्।
भ्रमणका अवसरमा केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेले सहभागी अधिकृतहरूलाई स्वागत गर्दै भ्रमण कार्यक्रमको उद्देश्य, संरचना तथा नेपाल प्रहरीको कार्यप्रणालीबारे जानकारी गराउनुभएको थियो। उहाँले सुरक्षा निकायहरूबीचको समन्वय, प्रविधिमैत्री अनुसन्धान प्रणाली र संस्थागत सुधारका प्रयासहरूबारे प्रकाश पार्नुभएको थियो।
अवलोकनका क्रममा अधिकृतहरूले प्रधान कार्यालयस्थित डिजिटल फरेन्सिक ल्याब, पोलिग्राफ सेक्सन, अत्याधुनिक डाटा सेन्टर तथा प्रहरी सङ्ग्रहालयको निरीक्षण गरेका थिए। डिजिटल फरेन्सिक ल्याबमार्फत विद्युतीय अपराध अनुसन्धानमा अपनाइने प्रविधि, पोलिग्राफ परीक्षण प्रक्रियाको व्यावहारिक पक्ष तथा डाटा सेन्टरमार्फत सूचना व्यवस्थापन प्रणालीबारे उनीहरूले प्रत्यक्ष जानकारी लिएका थिए। साथै, प्रहरी सङ्ग्रहालयमा नेपाल प्रहरीको ऐतिहासिक विकासक्रम र उपलब्धिहरू अवलोकन गरेका थिए।
अवलोकन पश्चात आयोजित अन्तरक्रिया कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक दीप शम्शेर जबराले नेपाल प्रहरीको स्थापना, विकासक्रम, वर्तमान संरचना, जिम्मेवारी तथा चुनौतीहरूबारे विस्तृत प्रस्तुतीकरण गर्नुभएको थियो। उहाँले नेपाली सेना र नेपाल प्रहरीबीचको समन्वय तथा सहकार्यका क्षेत्र, प्रदेश समायोजनपछिको संरचनागत परिवर्तन र भावी रणनीतिबारे पनि जानकारी दिनुभएको थियो।
कार्यक्रमले सुरक्षा निकायहरूबीच पारस्परिक समझदारी, अनुभव आदान–प्रदान र सहकार्य सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको विश्वास गरिएको

Facebook Comments Box
TOP
394 Shares