

नेपाल पुलिस स्कुल साँगाको ४२औं स्थापना दिवस सम्पन्न, अध्यक्ष नविना खत्री कार्कीद्वारा ‘दीपिका’ ३५औं अङ्क लोकार्पण
नेपाल प्रहरी श्रीमती सङ्घकी अध्यक्ष नविना खत्री कार्कीको प्रमुख आतिथ्यमा नेपाल पुलिस स्कुल साँगाको ४२औं स्थापना दिवस तथा वार्षिक खेलकुद दिवस भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा एआईजी हिमालय कुमार श्रेष्ठको विशेष आतिथ्य रहेको थियो। समारोहमा विद्यालय परिवार, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
उक्त अवसरमा अध्यक्ष कार्कीले विद्यालयको वार्षिक म्यागजिन ‘दीपिका’को ३५औं अङ्कको लोकार्पण गर्दै विद्यालयले शिक्षा र अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीको समग्र व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताउनुभयो। उहाँले अनुशासन, मेहनत र नैतिक शिक्षालाई विद्यालयले प्राथमिकतामा राख्दै उत्कृष्ट नतिजा हासिल गरेको उल्लेख गर्नुभयो।
कार्यक्रमअन्तर्गत विभिन्न खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो। स्थापना दिवसको अवसरमा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरेका थिए, जसले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
विद्यालय प्रशासनले ४२ वर्षको यात्रामा हासिल गरेका उपलब्धिहरू स्मरण गर्दै आगामी दिनमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो।
समाज
थप सामाग्री-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
-
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
२२ घण्टा अगाडि
1.8kViews 250 Shares Share on Facebook Share on Twitter काठमाडौं । ललितपुरको जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको प्रसिद्ध भोटो जात्रा हुँदैछ।…



