

पत्रकार अर्जुन आचार्यमाथि आक्रमण: प्रेस सेन्टर नेपाल मोरङको कडा भर्त्सना, दोषीलाई कारबाहीको माग
विराटनगर। चुनावी रिपोर्टिङका क्रममा पत्रकार अर्जुन आचार्यमाथि भएको आक्रमणप्रति प्रेस सेन्टर नेपाल मोरङले घोर निन्दा तथा भर्त्सना गरेको छ। संगठनले उक्त घटना प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको ठहर गर्दै संलग्न व्यक्तिहरूलाई तत्काल कानुनी दायरामा ल्याउन माग गरेको छ।
प्रेस सेन्टर मोरङका सचिव अनिल श्रेष्ठद्वारा जारी विज्ञप्तिमा, ‘हाम्रो मत’ का कार्यकारी सम्पादक तथा ‘रातोपाटी’ का संवाददाता आचार्यमाथि भएको साङ्घातिक हमला लोकतान्त्रिक मूल्यमान्यताविरुद्धको कार्य भएको उल्लेख छ। घटना झापा क्षेत्र नम्बर ५ अन्तर्गत कमल गाउँपालिकामा भएको हो।
विज्ञप्तिअनुसार, केपी शर्मा ओलीको घरदैलो कार्यक्रमको रिपोर्टिङ गर्ने क्रममा आचार्यमाथि आक्रमण भएको थियो। कार्यक्रममा संलग्न नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट ‘भोलेन्टियर्स फोर्स’ का कार्यकर्ताहरूले भिडियो खिचिरहेका आचार्यमाथि हातपात गर्नुका साथै उनको मोबाइल र क्यामेरा खोसेका थिए।
ओली नजिकै उपस्थित रहेको अवस्थामा बा २५६१ नम्बरको स्कर्पियोमा आएको समूहले पत्रकारमाथि कुटपिट र लुटपाट गरेको भन्दै प्रेस सेन्टरले उक्त घटनालाई ‘कायरतापूर्ण’ संज्ञा दिएको छ।
विज्ञप्तिमा सुरक्षा निकायको भूमिकामाथि पनि प्रश्न उठाइएको छ। पार्टी अध्यक्षकै सामुन्ने पत्रकारमाथि आक्रमण हुँदा आक्रमणकारीलाई नियन्त्रणमा लिन नसक्नु, घटनाबारे एमाले मौन रहनु तथा आचार्यको मोबाइल र चस्मा अझै फिर्ता नहुनु निन्दनीय र आपत्तिजनक भएको जनाइएको छ।
प्रेस सेन्टरले भौतिक आक्रमणमार्फत पत्रकारको आवाज र कलम बन्द गर्ने प्रयास नगर्न चेतावनी दिँदै दोषीमाथि कडा कानुनी कारबाहीको माग गरेको छ। साथै, निर्वाचनको संवेदनशील समयमा पत्रकारहरूलाई निर्बाध र सुरक्षित रूपमा काम गर्ने वातावरण सुनिश्चित गर्न सरकारसँग जोडदार माग गरिएको छ।
यस घटनाले पुनः एकपटक निर्वाचनकालीन वातावरणमा पत्रकार सुरक्षाको विषय गम्भीर रूपमा उठाएको छ।
समाज
थप सामाग्री-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
-
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
२२ घण्टा अगाडि
1.8kViews 250 Shares Share on Facebook Share on Twitter काठमाडौं । ललितपुरको जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको प्रसिद्ध भोटो जात्रा हुँदैछ।…



