टिकटकको खेल कति खतरनाक: तुलसा अधिकारीको सामाजिक सञ्जाल चुनौतीमा प्रहरी अधिकारीहरु

। काठमाडौं – सामाजिक सञ्जाल प्लेटफर्म टिकटक अहिले केही व्यक्तिहरूका लागि केवल मनोरञ्जनको माध्यम नभएर कानुनी प्रक्रियालाई चुनौती दिने प्लेटफर्म बनेको छ। ललितपुरकी चर्चित टिकटक प्रयोगकर्ता तुलसा अधिकारीमाथि ठगी र सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा अनुसन्धान भइरहेको छ।
“तुलसा कलेक्सन” सञ्चालन गर्दै आएको आरोपमा अटो व्यवसायीले जाहेरी दिएका थिए। गत साउनमै मुद्दा दर्ता भए पनि राजनीतिक पहुँचको प्रभावले अनुसन्धान ढिलाइमा परेको थियो। पछिल्लो समयमा अनुसन्धान अघि बढेपछि तुलसा अधिकारीले टिकटकमार्फत अनुसन्धानकर्तामाथि व्यक्तिगत आरोप लगाउँदै प्रक्रिया प्रभावित पार्ने शैली अपनाएकी छन्।
उनीले आफ्नो पसलमा गई सामान कम मूल्यमा लिएको दाबी गर्दै भिडियो र तस्बिर सार्वजनिक गरेकी छन्। तर उपलब्ध प्रमाणहरूले कुनै गैरकानुनी कार्य पुष्टि नगरेको देखिन्छ। यसले अनुसन्धानमा बाधा पुर्‍याउने प्रयास मात्र देखाउँछ।
संबंधित प्रहरी कार्यालयले विज्ञप्ति जारी गर्दै अनुसन्धान जारी रहेको र सामाजिक सञ्जालमा व्यक्तिगत आरोप तथा चरित्रहत्या गर्नु कानुनी उल्लंघन हुन सक्ने स्पष्ट पारेको छ।
कानुनका विशेषज्ञहरूले सामाजिक सञ्जाललाई ‘ट्रायल प्लेटफर्म’ बनाउन नहुने बताए। केवल कानुन, प्रमाण र निष्पक्ष प्रक्रियामार्फत मात्र सत्य तथ्य बाहिर ल्याउन सकिने उनीहरूको भनाइ छ।
यो प्रकरणले देखाएको छ कि टिकटकको लोकप्रियता केही व्यक्तिहरूका लागि कानुनको सीमाना पार गर्ने माध्यम बन्न सक्छ। समाजका लागि चेतावनी यही हो – सामाजिक सञ्जाल मनोरञ्जन मात्र होइन, कानुन र प्रमाणको सम्मान आवश्यक छ।

Facebook Comments Box
TOP
149 Shares