

रौतहट जिल्लामा निर्वाचन तयारी पूरा : फागुन २१ का लागि १० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, उच्च सतर्कता कायम
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि जिल्लामा सम्पूर्ण तयारी पूरा भएको छ। मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश मनोज केसीले कटहरियास्थित नमुना माध्यमिक विद्यालयमा स्थापना गरिएको मतदान केन्द्र तथा मतगणना स्थलको निरीक्षणपछि निर्वाचन व्यवस्थापन सुदृढ र व्यवस्थित रहेको जानकारी दिएका हुन्।
निरीक्षण टोलीमा सहभागी प्रमुख जिल्ला अधिकारी दिनेश शागर भुसालका अनुसार निर्वाचन सुरक्षाका लागि १० हजारभन्दा बढी सुरक्षाकर्मी तथा जनशक्ति परिचालन गरिएको छ। उनले शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न हुने विश्वास व्यक्त गर्दै मतदातालाई ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन आग्रह गरे।
निर्वाचन अवधिभर शान्ति–सुरक्षा सुनिश्चित गर्न पैदल, मोटरसाइकल, सवारी साधन तथा बख्तरबन्द गाडीमार्फत जिल्लाभर सुरक्षा गस्ती सुरु भइसकेको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले नेपाली सेना अन्तर्गतको श्री नारायणदल गण ले सुरक्षा व्यवस्था थप सुदृढ बनाएको जनाएको छ।
फागुन २१ लाई लक्षित गर्दै सेनाले अत्याधुनिक सैनिक सवारी साधनसहित व्यापक निगरानी र गस्ती बढाएको छ। जिल्लाका विभिन्न मतदान स्थलहरूमा एकैसाथ सुरक्षा परिचालन गर्दै सम्भावित जोखिम न्यूनीकरणमा विशेष सक्रियता देखाइएको सेनाको भनाइ छ। निर्वाचन मिति नजिकिँदै जाँदा जिल्लाभर उच्च सतर्कता अपनाइएको छ।
मतदान केन्द्र वरपर विशेष निगरानी राखिएको छ भने कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन कडा सुरक्षा प्रबन्ध मिलाइएको सुरक्षा निकायले जनाएको छ। श्री नारायणदल गणले जिल्लाका १८ वटै स्थानीय तहमा तैनाथ भई नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल सँग समन्वयमा संयुक्त गस्ती तथा सुरक्षा व्यवस्थापन गरिरहेको छ।
निरीक्षण टोलीमा न्यायाधीश मनोज केसीसँगै प्रमुख जिल्ला अधिकारी दिनेश शागर भुसाल, नेपाली सेनाका कर्णेल विश्वास बिष्ट, रौतहट प्रहरी प्रमुख एसपी सिताराम रिजाल, सशस्त्र प्रहरीका एसपी रामहरी अधिकारी, राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक कुमार बुढाथोकी, जिल्ला निर्वाचन अधिकारी छोटेलाल दास तथा क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत अवधकिशोर कुशवाहालगायत सुरक्षा अधिकारी र निर्वाचन कार्यालयका पदाधिकारीको सहभागिता रहेको थियो।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने प्रतिबद्धतासहित रौतहटमा सुरक्षा संयन्त्र उच्च सतर्कताका साथ सक्रिय रहेको जनाइएको छ।
समाज
थप सामाग्री-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
-
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
२१ घण्टा अगाडि
1.8kViews 250 Shares Share on Facebook Share on Twitter काठमाडौं । ललितपुरको जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको प्रसिद्ध भोटो जात्रा हुँदैछ।…



