

आसन्न निर्वाचन सफल बनाउन सम्पूर्ण प्रहरी संगठन कटिबद्ध हुनुपर्छ : आईजीपी कार्की
काठमाडौं । नेपाल प्रहरी का प्रहरी महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले आसन्न निर्वाचनलाई राष्ट्रिय संकल्पका रूपमा ग्रहण गर्दै भयरहित, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न गराउन सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई सामूहिक जिम्मेवारीबोधका साथ कटिबद्ध हुन निर्देशन दिनुभएको छ।
नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यममार्फत आइतबार आयोजित निर्देशन सम्बोधन कार्यक्रममा आईजीपी कार्कीले निर्वाचन पूर्व, निर्वाचनको समयमा तथा निर्वाचन पश्चात अपनाउनुपर्ने सुरक्षा रणनीति, सतर्कता र समसामयिक विषयमा स्पष्ट मार्गनिर्देशन दिनुभएको हो।
उहाँले निर्वाचनमा नेपाल प्रहरी अग्रपंक्तिमा रहेर खटिने उल्लेख गर्दै सम्भावित सुरक्षा चुनौतीहरूको प्रभावकारी सामना गर्न आवश्यक रणनीति, तयारी र समन्वयलाई उच्च प्राथमिकता दिन आग्रह गर्नुभयो। सूचना संकलनलाई विशेष प्राथमिकतामा राख्दै सुरक्षा संवेदनशीलताको सूक्ष्म विश्लेषण गरी प्रभावकारी परिचालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
आईजीपी कार्कीले भरपर्दो सुरक्षा योजना कार्यान्वयन गर्दै अन्य सुरक्षा निकाय तथा सरोकारवाला पक्षसँग निरन्तर समन्वय र सहकार्यका माध्यमबाट त्रुटीरहित कार्यसम्पादन गर्न निर्देशन दिनुभयो। निर्वाचन आचारसंहिता उल्लङ्घन, अवाञ्छित गतिविधि, आर्थिक अपराध तथा हुण्डी कारोबार नियन्त्रणमा कडाइका साथ प्रस्तुत हुनुपर्ने उहाँको स्पष्ट निर्देशन थियो।
सामाजिक सञ्जालमार्फत गलत तथा मिथ्या सूचना फैलाउने कार्यप्रति सचेत रहँदै त्यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन सक्रियता बढाउनुपर्नेमा पनि उहाँले विशेष जोड दिनुभयो।
आफ्नो क्षेत्रमा कुनै पनि आपराधिक घटना हुन नदिन प्रहरीको सशक्त उपस्थिति सुनिश्चित गर्न, अन्य सुरक्षा निकायसँग संयुक्त परिचालन र संयुक्त पूर्वअभ्यासलाई प्राथमिकता दिन उहाँले निर्देशन दिनुभयो। साथै, निर्वाचनका क्रममा पालना गर्नुपर्ने आचारसंहिता, व्यवस्थापनमा निर्वाह गर्नुपर्ने भूमिका तथा सामाजिक सञ्जालको प्रयोगमा उच्च व्यावसायिकता प्रदर्शन गर्दै तटस्थ, इमानदार र प्रतिबद्ध भई जिम्मेवारी निर्वाह गर्न आग्रह गर्नुभयो।
आईजीपी कार्कीले निर्वाचनको वातावरण शान्तिपूर्ण बनाउन सम्बन्धित निर्वाचन अधिकृत र मतदान अधिकृतसँग आवश्यक समन्वय र सहकार्य अनिवार्य रहेको उल्लेख गर्नुभयो। मतदान केन्द्र निर्माणदेखि मतदानस्थलको सुरक्षा व्यवस्थासम्म कुनै कमजोरी हुन नदिन विशेष सतर्कता अपनाउनुपर्ने उहाँले बताउनुभयो।
निर्वाचन अवधिमा थप सहयोगका रूपमा खटिने प्रहरी कर्मचारीहरूको प्रभावकारी व्यवस्थापन र परिणाममुखी परिचालनमा केन्द्रित हुन निर्देशन दिँदै उहाँले संगठनलाई उच्च सतर्कता र समन्वयका साथ अघि बढ्न आह्वान गर्नुभयो।
समाज
थप सामाग्री-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
-
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
२० घण्टा अगाडि
1.8kViews 250 Shares Share on Facebook Share on Twitter काठमाडौं । ललितपुरको जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको प्रसिद्ध भोटो जात्रा हुँदैछ।…



