

“नयाँ–पुराना होइन, सही–गलतको आधारमा निर्णय गरौं” – मतदानपछि प्रचण्डको अपिल
चितवन । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतदान गरेपछि ‘प्रचण्ड’ले देशमा फैलाइएको “नयाँ बनाम पुराना” भन्ने राजनीतिक भाष्य राष्ट्रको हितमा नभएको बताएका छन्।
चितवन–३ अन्तर्गत भरतपुर–१४ स्थित प्रहरी स्कुल मतदान केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले अहिलेको राजनीतिक बहसलाई “नयाँ र पुराना” भन्दा पनि “सही र गलत” को आधारमा मूल्यांकन गर्नुपर्नेमा जोड दिए।
प्रचण्डले दल वा नेताहरूलाई उमेर वा इतिहासका आधारमा होइन, उनीहरूको योजना, कार्यक्रम र देशप्रतिको दृष्टिकोणका आधारमा मूल्यांकन गर्नुपर्ने बताए। “नयाँ र पुराना भन्ने जुन भाष्य बनाइएको छ, त्यो देशको हितमा छैन,” उनले भने, “हामीले नयाँ–पुराना होइन, सही–गलतको आधारमा निर्णय गर्नुपर्छ।”
उनले राजनीतिक दलहरूको नीति, कार्यक्रम र राष्ट्रिय हितप्रतिको प्रतिबद्धतालाई आधार मानेर मतदाताले निर्णय गर्नुपर्ने धारणा पनि राखे। “कसको योजना के छ, कार्यक्रम के छ, देशलाई कसरी अघि बढाउने सोच छ भन्ने हेर्नुपर्छ,” प्रचण्डले भने, “त्यसको आधारमा मात्र कसलाई समर्थन गर्ने भन्ने तय हुनुपर्छ।”
उनले राष्ट्र, जनता, लोकतन्त्र र समृद्धिको पक्षमा उभिने शक्तिलाई समर्थन गर्न मतदातालाई अपिल समेत गरे। “सबैले आफ्नो विवेक प्रयोग गरौं,” उनले भने, “सहीको पक्षमा उभिऔं।”
प्रचण्डले फेरि दोहोर्याउँदै भने, अहिले बनाइएको “नयाँ बनाम पुराना” भन्ने बहसले लोकतन्त्र र देश दुवैको हित नगर्ने भएकाले मतदाताले सोचविचार गरेर सही विकल्प रोज्नुपर्ने आवश्यकता रहेको छ।
समाज
थप सामाग्री-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
-
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
२१ घण्टा अगाडि
1.8kViews 250 Shares Share on Facebook Share on Twitter काठमाडौं । ललितपुरको जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको प्रसिद्ध भोटो जात्रा हुँदैछ।…



