चितवन–२ मा रवि लामिछाने फराकिलो अग्रता, प्रतिस्पर्धीहरू धेरै पछि

भरतपुर । चितवन क्षेत्र नम्बर २ को मतगणनाको प्रारम्भिक नतिजामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले फराकिलो अग्रता कायम गरेका छन्।
अहिलेसम्म ६ हजार ६ सय २३ मत गणना हुँदा रवि लामिछानेले २ हजार ८ सय १ मत प्राप्त गर्दै पहिलो स्थानमा छन्।
उनका निकटतम प्रतिस्पर्धी अस्मिन घिमिरे  (नेकपा एमाले) ले १ हजार २ सय ५९ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेका छन्।
त्यसैगरी प्रताप गुरुङले  १ हजार १ सय ५१ मत ल्याएका छन् भने नेपाली कांग्रेसकी उम्मेदवार मिना खरेलले  ९ सय १६ मतसहित चौथो स्थानमा छिन्।
प्रारम्भिक मतगणनाले चितवन–२ मा रवि लामिछानेको बलियो उपस्थिती देखिएको विश्लेषण गरिएको छ। मतगणना जारी रहेकाले अन्तिम परिणामका लागि भने केही समय कुर्नुपर्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

Facebook Comments Box
TOP
137 Shares