झापा–५ बाट बालेनको दमदार उदय : प्रारम्भिक मतगणनाले राष्ट्रिय राजनीतिमा नयाँ तरंग

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक मतगणनाले झापा–५ मा रोचक मात्र होइन, सम्भावनाले भरिएको राजनीतिक संकेत दिएको छ। प्रारम्भिक नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा काठमाडौं महानगरका निवर्तमान मेयर बालन शाहले उल्लेखनीय अग्रता लिँदै राष्ट्रिय राजनीतिमा नयाँ अध्याय सुरु हुने संकेत गरेका छन्।
झापा–५ बाट आएको सुरुवाती मतपरिणामले देशको राजनीतिक वृत्तमा तरंग ल्याएको छ। मतगणनाको प्रारम्भिक चरणमै बालेनले प्रभावशाली अग्रता बनाएका कारण नयाँ पुस्ताको नेतृत्वप्रति जनताको आकर्षण झन् प्रष्ट देखिएको विश्लेषकहरूको भनाइ छ।
यता उनका मुख्य प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भने सुरुवाती मतपरिणामले अप्रत्याशित झड्का दिएको टिप्पणी राजनीतिक वृत्तमा भइरहेको छ। प्रारम्भिक परिणामले ओलीलाई करिब “१०३ डिग्रीको राजनीतिक झट्का” दिएको जस्तो देखिएको भन्दै सामाजिक सञ्जालदेखि विश्लेषणसम्म व्यापक चर्चा सुरु भएको छ।
राजनीतिमा लामो समयदेखि स्थापित नेतृत्वविरुद्ध नयाँ अनुहारको उदय हुन सक्ने संकेतका रूपमा यस परिणामलाई हेरिएको छ। यदि यही प्रवृत्ति अन्तिम परिणामसम्म कायम रह्यो भने झापा–५ मात्र होइन, समग्र राष्ट्रिय राजनीतिमा ठूलो सन्देश जाने विश्लेषकहरू बताउँछन्।
नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै उदाएका बालेनको यो अग्रता केवल एक निर्वाचन क्षेत्रको प्रतिस्पर्धा मात्र नभई परिवर्तनको चाहना बोकेको जनमतको संकेतका रूपमा पनि व्याख्या हुन थालेको छ।
झापा–५ को अन्तिम परिणाम के आउँछ भन्ने अझै प्रतीक्षाको विषय भए पनि प्रारम्भिक मतगणनाले नेपाली राजनीतिमा नयाँ समीकरणको सम्भावना देखाउन थालेको छ।

Facebook Comments Box
TOP
184 Shares