

ललितपुर–१ मा कांग्रेसका उदयशम्शेरको बलियो अग्रता
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ललितपुर क्षेत्र नम्बर–१ को प्रारम्भिक मतगणनामा उदय शमशेर राणाले उल्लेखनीय अग्रता लिएका छन्।
हालसम्म सार्वजनिक मतपरिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार उदयशम्शेर जबराले १,५५१ मत प्राप्त गर्दै अग्रस्थान कायम गरेका छन्।
उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बुद्धरत्न महर्जनले ७१० मत प्राप्त गरेका छन्। त्यस्तै, चेत नाथ सञ्जेल (नेकपा एमाले) ५९५ मत सहित तेस्रो स्थानमा रहेका छन्।
यसैगरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सुनिल महर्जनले १६८ मत प्राप्त गरेका छन्।
प्रारम्भिक मतपरिणामले ललितपुर–१ मा कांग्रेस उम्मेदवार जबराले स्पष्ट अग्रता बनाएको देखिएको छ। यद्यपि मतगणना जारी रहेकाले अन्तिम नतिजा आउन अझै केही समय लाग्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
समाज
थप सामाग्री-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
-
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
२० घण्टा अगाडि
1.8kViews 250 Shares Share on Facebook Share on Twitter काठमाडौं । ललितपुरको जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको प्रसिद्ध भोटो जात्रा हुँदैछ।…



