सिन्धुपाल्चोक–२ मा युवराज दुलालको अग्रता

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सिन्धुपाल्चोक–२ मा मतगणना जारी रहेको छ। हालसम्म ४९ वडामध्ये ८ वटा वडाको मतगणना सकिँदा उम्मेदवारहरूबीच प्रतिस्पर्धा रोचक बनेको छ।
हालसम्मको मतपरिणाम अनुसार युवराज दुलालले ४ हजार ३९८ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी बंशलाल तामाङले ३ हजार ४४० मत प्राप्त गरेका छन्।
यस्तै अजय श्रेष्ठले २ हजार ८९२ मत ल्याएका छन् भने शेर बहादुर तामाङले २ हजार ४४ मत प्राप्त गरेका छन्।
अहिलेसम्म थोरै वडाको मात्र मतगणना सकिएकाले अन्तिम परिणामका लागि बाँकी वडाको मतगणना महत्वपूर्ण हुने देखिएको छ। निर्वाचन कार्यालयका अनुसार बाँकी वडाको मतगणना जारी रहेको छ।

Facebook Comments Box
TOP
186 Shares