

बझाङमा एमालेको खाता खुल्यो : ऐनबहादुर महर निर्वाचित
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मतगणनामा सुदूरपश्चिम प्रदेशको बझाङबाट नेकपा एमालेले जितको खाता खोलेको छ । बझाङबाट एमालेका युवा नेता ऐनबहादुर महर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
महरले कुल १८ हजार ५४३ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ ले १६ हजार ३०४ मत प्राप्त गरेका छन्।
यसैगरी, मीनबहादुर कुँवर (नेपाली कम्युनिस्ट पार्टी) ले ९ हजार ७५७ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका शैलेसकुमार सिंह ले ९ हजार २६३ मत प्राप्त गरेका छन्।
अन्य उम्मेदवारतर्फ नेकपा माओवादी (विप्लव) का भरत मल्ल ले ५०४ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका विश्वप्रकाश जेठारा ले ४०५ मत तथा नेपाल मजदुर किसान पार्टीका दलबहादुर बोहरा ले ४१ मत प्राप्त गरेका छन्।
बझाङबाट महरको जितसँगै नेकपा एमालेले सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभा निर्वाचनतर्फ आफ्नो विजयी यात्रा सुरु गरेको छ।
समाज
थप सामाग्री-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
-
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
२० घण्टा अगाडि
1.8kViews 250 Shares Share on Facebook Share on Twitter काठमाडौं । ललितपुरको जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको प्रसिद्ध भोटो जात्रा हुँदैछ।…



