

पूर्व प्रहरी अधिकृतहरूको चुनावी भिडन्त : शीर्ष नेतृत्व पराजित, तल्लो तहका अधिकारी विजयी
काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा अवकाशप्राप्त प्रहरी अधिकृतहरूको चुनावी प्रतिस्पर्धाले रोचक चित्र प्रस्तुत गरेको छ। प्रहरी संगठनको शीर्ष नेतृत्व सम्हालेका केही पूर्व प्रहरी प्रमुखहरू पराजित भइरहँदा तल्लो तहबाट अवकाश लिएका उम्मेदवार भने उल्लेख्य रूपमा विजयी बन्ने क्रममा देखिएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेका पूर्व डिएसपी गोविन्द पन्थी गुल्मी–२ बाट निर्वाचित भएका छन्। उनले गोकर्ण बिष्ट लाई पराजित गरेका हुन्। पन्थीले १६ हजार ९६७ मत प्राप्त गर्दा नेकपा एमाले का उपाध्यक्ष बिष्टले १६ हजार ४०६ मत ल्याएका छन्।
यस्तै कपिलवस्तु–२ मा रास्वपाका उम्मेदवार पूर्व एसएसपी विक्रम थापा जितको नजिक पुगेका छन्। हालसम्मको मतगणनाअनुसार थापाले १६ हजार २४६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका बृजेश कुमार गुप्ता ले ९ हजार ९१५ मत ल्याएका छन्।
त्यसैगरी झापा–४ बाट रास्वपाका उम्मेदवार बनेका पूर्व सई शम्भुप्रसाद ढकाल को जित पनि लगभग सुनिश्चित देखिएको छ। हालसम्मको मतगणनामा उनले १८ हजार ८११ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी लालप्रसाद सावाँ ले ५ हजार ५९० मत मात्र ल्याएका छन्।
यी बाहेक रास्वपाबाटै उम्मेदवार बनेका पूर्व एआईजी विश्वराज पोखरेल भने ओखलढुंगा मा झण्डै एक हजार मतले दोस्रो स्थानमा रहेका छन्।
यसैबीच, पूर्व आईजीपी ध्रुवबहादुर प्रधान नवलपरासी बाट तथा अर्का पूर्व आईजीपी सर्वेन्द्र खनाल बारा क्षेत्रबाट भने पराजित भइसकेका छन्।
समाज
थप सामाग्री-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
-
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
२० घण्टा अगाडि
1.8kViews 250 Shares Share on Facebook Share on Twitter काठमाडौं । ललितपुरको जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको प्रसिद्ध भोटो जात्रा हुँदैछ।…



