सोलुखुम्बुमा कांग्रेसका प्रकाश सिंह कार्की विजयी, ३ हजार ७५२ मतान्तर

सोलुखुम्बु । सोलुखुम्बुबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार प्रकाश सिंह कार्की निर्वाचित भएका छन्।
अन्तिम मतपरिणामअनुसार कार्कीले १३ हजार १६६ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार असिम राईले ९ हजार ४१४ मत प्राप्त गरेका छन्।
कार्कीले राईलाई ३ हजार ७५२ मतान्तरले पछि पार्दै जित सुनिश्चित गरेका हुन्।
यसैगरी, नेकपा एमालेकी उम्मेदवार कल्पना राईले ८ हजार २२८ मत प्राप्त गरेकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ऋषिधन राईले ३ हजार ६४२ मत ल्याएका छन् भने श्रम संस्कृति पार्टीका बीएस राईले ३ हजार ३६३ मत प्राप्त गरेका छन्।
अन्य उम्मेदवारतर्फ उज्यालो नेपाल पार्टीका पेम्बा छिरी शेर्पाले २७८ मत, जनता समाजवादी पार्टी नेपालका लाक्पा शेर्पाले २०३ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र बस्नेतले १५७ मत र आम जनता पार्टीका गुणराज भट्टराईले ४१ मत प्राप्त गरेका छन्।
सोलुखुम्बुको यस निर्वाचन परिणामसँगै नेपाली कांग्रेसले जिल्लामा महत्वपूर्ण जित हासिल गरेको छ।

Facebook Comments Box
TOP
336 Shares