मकवानपुर–१ मा २५ वर्षीय प्रशान्त उप्रेतीको ऐतिहासिक जीत

काठमाडौं । मकवानपुर क्षेत्र नम्बर–१ बाट प्रशान्त उप्रेती प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। २५ वर्षको उमेरमै संसद् प्रवेश गरेका उप्रेती राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हुन्।
अन्तिम मतपरिणाम अनुसार उप्रेतीले ३० हजार ५० मत प्राप्त गर्दै ११ हजार २०४ मतान्तरले विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी महेश कुमार बर्तौला (नेकपा एमाले) ले १८ हजार ८४६ मत प्राप्त गरेका छन्।
त्यसैगरी बुद्ध लामा (नेपाली कांग्रेस) ले १५ हजार ५६ मत प्राप्त गर्दा लवशेर विष्ट (नेपाल कम्युनिस्ट पार्टी) ले १२ हजार ४९२ मत पाएका छन्।
अन्य उम्मेदवारतर्फ प्रविन कुमार स्याङतान (उज्यालो नेपाल पार्टी) ले ६ हजार २३७, युनेश लामा सिंतान (श्रम संस्कृति पार्टी) ले ९३२ तथा रामबहादुर थोकर (राष्ट्रिय प्रजातन्त्र पार्टी) ले ७८५ मत प्राप्त गरेका छन्।
युवा उम्मेदवार उप्रेतीको जितलाई मकवानपुरमा नयाँ पुस्ताप्रति मतदाताको विश्वास र परिवर्तनको संकेतका रूपमा हेरिएको छ।

Facebook Comments Box
TOP
167 Shares