

सन्की नेतृत्वले दललाई उजाड बनाइछाडे ः पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले राजनीतिक दलको नेतृत्वले लाखौं कार्यकर्ताको सङ्घर्ष र बलिदानीबाट निर्माण भएको दललाई उजाड बनाइदिएको टिप्पणी गरेका छन् । प्रतिनिधि सभा सदस्यको निर्वाचनको परिणामबारे आफ्नो धारणा राख्दै बस्नेतले अहंकारी, उन्मादी र सन्की नेतृत्वले दलहरुलाई रसातलमा पुर्याएको बताएका हुन् ।
बस्नेतले भने, ‘लुइ चौधौंले म नै राज्य हुँ भने झैं हाम्रो राजनीतिक दलको नेतृत्वले ‘मैले जे गरेपनि हुन्छ म नै नीति हुँ’ भन्ने ठान्यो । जसले गर्दा आजको यो अवस्था आयो ।’
कार्यकर्ताहरु सार्वभौम हुन नसकेका कारण पार्टी नेतृत्वलाई ठीक ठाउँमा ल्याउन नसकिने अवस्था रहेकोमा नेतृत्वलाई मतदाताले आफ्नो ताकत देखाइदिएको उनको भनाइ छ ।
उनी भन्छन् ’खुसीको कुरा भनौ कि दुर्भाग्यको कुरा यी दलहरुको नेतृत्व अझैं सच्चिने र सुध्रिनेवाला छैन । अझ भनौं यिनीहरु सच्चिएर वा सुध्रिएर पनि अब केही हुनेवाला छैन ।‘
सार्वभौम जनताले निर्वाचनमार्फत व्यक्त गरेको अभिमतप्रति बस्नेतले सम्मान र स्वागत गर्ने बताएका छन् । परिवर्तन अवश्यमभावी भएको भन्दै आगामी दिनहरुले थप सकारात्मक परिवर्तनलाई आत्मसात् गर्दै मुलुकलाई समृद्धितर्फ लैजाने उनको अपेक्षा रहेको छ ।
समाज
थप सामाग्री-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
-
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
२० घण्टा अगाडि
1.8kViews 250 Shares Share on Facebook Share on Twitter काठमाडौं । ललितपुरको जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको प्रसिद्ध भोटो जात्रा हुँदैछ।…



