

सिन्धुपाल्चोक–१ मा नेकपाका युवराज दुलाल विजयी, बागमतीमा पार्टीको एकमात्र जित
काठमाडौं । सिन्धुपाल्चोक क्षेत्र नम्बर–१ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता युवराज दुलाल प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।
नेपाली कांग्रेसका उम्मेदवार बंशलाल तामाङलाई पराजित गर्दै दुलाल विजयी भएका हुन्। निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार दुलालले २१ हजार ६९९ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी तामाङले १९ हजार १४६ मत पाएका छन्।
यसैगरी, नेकपा एमालेका उम्मेदवार शेरबहादुर तामाङले १५ हजार ९२६ मत प्राप्त गरेका छन्।
दुलाल प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएर प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए। उनले जित हासिल गर्दै बागमती प्रदेशमा नेकपाको साख जोगाएका छन्।
काठमाडौँ उपत्यकासहित बागमती प्रदेशका ३३ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये दुलाल मात्रै नेकपाबाट निर्वाचित भएका छन्। देशभर अन्य दलहरूको लहर चलेको अवस्थामा पनि सिन्धुपाल्चोक–१ मा भने नेकपाले जित निकाल्न सफल भएको हो।
उता सिन्धुपाल्चोक–२ मा भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चौथो स्थानमा सीमित भएको छ।
समाज
थप सामाग्री-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
-
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
२० घण्टा अगाडि
1.8kViews 250 Shares Share on Facebook Share on Twitter काठमाडौं । ललितपुरको जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको प्रसिद्ध भोटो जात्रा हुँदैछ।…



