

ज्येष्ठ सदस्य केसी आज शपथ लिँदै, प्रतिनिधिसभा सञ्चालनको जिम्मेवारी सम्हाल्ने
काठमाडौं । रामचन्द्र पौडेल ले आज प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी लाई पद तथा गोपनीयताको शपथ गराउँदै छन्। शपथ ग्रहण कार्यक्रम राष्ट्रपति कार्यालय शीतल निवासमा बिहान ११ः१५ बजेका लागि तय गरिएको छ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट नेपाली कांग्रेस का नेता केसी समानुपातिक प्रणालीमार्फत निर्वाचित भएका हुन्। ७८ वर्षीय केसी लामो राजनीतिक अनुभवका आधारमा प्रतिनिधिसभाको ज्येष्ठ सदस्यका रूपमा चयन भएका छन्।
राष्ट्रपतिबाट शपथ लिएपछि केसीले चैत १२ गते प्रतिनिधिसभाका २७४ सदस्यलाई शपथ गराउने कार्यसूची रहेको छ। सभामुख चयन नहुँदासम्म उनी स्वयंले प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्दै संसद् सञ्चालनको जिम्मेवारी सम्हाल्नेछन्।
यसपटकको निर्वाचनमा प्रत्यक्ष प्रणालीबाट १६५ र समानुपातिक प्रणालीबाट ११० जना गरी कुल २७५ सदस्य निर्वाचित भएका छन्। नयाँ संसद्को प्रारम्भसँगै केसीको भूमिका संसद् सञ्चालन र प्रक्रियागत स्थायित्वका लागि महत्वपूर्ण मानिएको छ।
समाज
थप सामाग्री-
४६ एसपीको सरुवा: १७ जिल्लाको प्रहरी नेतृत्व फेरबदल
-
सर्लाहीको हरिपुरमा दर्दनाक दुर्घटना : इँट्टाको चाङले थिचेर तीन जनाको मृत्यु, दुई घाइते
-
सरकार बनाउने–गिराउने खेल बन्द गरेर जनताको मुद्दामा केन्द्रित हुन बिमला अन्सारीको आग्रह
-
ट्रम्पको ताइवानलाई कडा सन्देश: ‘स्वतन्त्रता घोषणा नगर्नुहोस्, म युद्ध चाहन्न’
-
आईजीपी दानबहादुर कार्कीको शब्दमा ‘अब बन्छ मेरो देश’ सार्वजनिक, सामाजिक सन्देशसहितको गीतले ध्यान तान्यो
संकटबीच संगठन जोगाउने कमाण्डर : किन दानबहादुर कार्कीलाई इतिहासकै सफल आइजीपी मानिँदैछ ?
१० घण्टा अगाडि
2.0kViews 196 Shares Share on Facebook Share on Twitter काठमाडौं । राजनीतिक हस्तक्षेप, शक्ति केन्द्रको प्रतिस्पर्धा र सुरक्षा संयन्त्रभित्र बढ्दो…



