

नेपालमा पश्चिमी वायुको प्रभाव: हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना, तराईमा बढ्दो गर्मी
समाचार: काठमाडौँ । देशभर अहिले पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस प्रभावका कारण आज विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा मौसम आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य हिमाली क्षेत्रमा पनि बादलको प्रभाव देखिनेछ।
आज दिउँसो हिमाली क्षेत्रमा सामान्य बदली रहने, पहाडी भूभागमा आंशिक बदली रहने र तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। यद्यपि, कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम खालको वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
उता, मधेस प्रदेशसहित कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्र तथा उपत्यका र खोँचहरूमा तापक्रम बढ्ने देखिएको छ। विशेषगरी लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागमा तातो लहर (हीटवेभ) को सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
आज राति पनि कोशी प्रदेशको हिमाली तथा पहाडी भूभागसहित बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी प्रदेशका उच्च भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसमविद्हरूले हिमाली क्षेत्रमा यात्रा तथा पर्वतारोहण गर्दा सावधानी अपनाउन र तराई क्षेत्रमा अत्यधिक गर्मीबाट जोगिन आवश्यक सतर्कता अपनाउन सुझाव दिएका छन्।
समाज
थप सामाग्री-
थापाथली बस्ती हटाउँदा घरवारविहीन १३ जनालाई सुन्दरीघाटस्थित आश्रयमा व्यवस्थापन
-
थापाथलीमा सुकुमबासी बस्ती हटाउने अभियान सुरु, अवरोध आशंकामा ३ जना पक्राउ
-
थापाथलीमा सुकुम्बासी बस्ती हटाउन सुरु, डोजरसँगै सुरक्षा कडाइ
-
मधेश प्रदेश प्रहरीद्वारा भ्रामक समाचारको खण्डन, डीआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप
-
भ्रामक समाचारप्रति मधेश प्रदेश प्रहरीको आपत्ति, डीआईजी थपलियाविरुद्धको दुष्प्रचार खण्डन
३० वर्षे सेवापछि सई गोकर्ण गौतमको सम्मानसहित बिदाई
२१ घण्टा अगाडि
2.4kViews 182 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीमा तीन दशक लामो सेवा पुरा गरी अनिवार्य…



