साँखुमा प्रहरी–लागू औषध प्रयोगकर्ता बीच गोली हानाहान, एक घाइते

काठमाडौँ । राजधानीको साँखु क्षेत्रमा शुक्रबार प्रहरीले लागू औषध प्रयोगकर्तालाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको छ।

लागू औषध नियन्त्रण ब्युरोको टोलीमाथि लागू औषध प्रयोगकर्ताले नै पहिले गोली चलाएपछि स्थिति तनावपूर्ण बनेको थियो। त्यसपछि आत्मरक्षाका लागि प्रहरीले पनि जवाफी कारबाहीस्वरूप गोली चलाएको जनाएको छ।

घटनाका क्रममा एक जना लागू औषध प्रयोगकर्ता घाइते भएको पुष्टि भए पनि उनको पहिचान तथा स्वास्थ्य अवस्थाबारे थप विवरण सार्वजनिक गरिएको छैन।

ब्युरोका अनुसार घटनास्थलबाट एक थान पेस्तोल समेत बरामद गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comments Box
भ्रामक समाचारप्रति मधेश प्रदेश प्रहरीको आपत्ति, डीआईजी थपलियाविरुद्धको दुष्प्रचार खण्डन
२० घण्टा अगाडि

4.6kViews 448 Shares Share on Facebook Share on Twitter काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन तथा कर्मचारीको…

TOP
152 Shares