

प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा जोगियो: पूर्व प्रहरी प्रमुखहरूद्वारा सरकारलाई धन्यवाद
काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जको जग्गा जोगाउने सरकारको पछिल्लो निर्णयप्रति नेपाल प्रहरीका पूर्व संगठन प्रमुखहरूले स्वागत जनाएका छन्। नेपाल प्रहरी पूर्व संगठन प्रमुख मञ्चले उक्त निर्णयलाई संगठनको दीर्घकालीन हितमा गरिएको महत्वपूर्ण कदम भन्दै सरकारप्रति कृतज्ञता व्यक्त गरेको हो।
मञ्चले जारी गरेको विज्ञप्तिमा प्रतिष्ठानको जग्गा पुनः संस्थाकै स्वामित्वमा कायम राख्ने निर्णयलाई ‘ऐतिहासिक’ भन्दै सराहना गरिएको छ। साथै, यस निर्णयका लागि नेपाल प्रहरीका संगठन प्रमुखदेखि सबै दर्जाका प्रहरी कर्मचारीहरूको सक्रिय पहलप्रति पनि धन्यवाद दिइएको छ।
मञ्चका संयोजक मोतिलाल बोहोराले प्रतिष्ठान (पूर्व सदर प्रहरी तालिम केन्द्र) लाई केवल तालिम दिने स्थान मात्र नभई प्रहरी संगठनको इतिहास, पहिचान र भावनासँग जोडिएको महत्वपूर्ण धरोहरका रूपमा वर्णन गरेका छन्। सीमित स्रोतका बाबजुद प्रहरी र सर्वसाधारणको सहकार्यमा यहाँको भौतिक पूर्वाधार निर्माण भएको उल्लेख गर्दै यसको संरक्षण अपरिहार्य रहेको बताएका छन्।
यसअघि उक्त जग्गा अन्य सरकारी निकायको विस्तारका लागि प्रयोग गर्ने निर्णयप्रति मञ्चले आपत्ति जनाउँदै त्यसलाई ‘गलत’ ठहर गरेको थियो। सो निर्णयले प्रहरी संगठनको इतिहास मेटिन सक्ने, संस्थागत मर्यादामा आँच पुग्ने र कर्मचारीहरूको मनोबल कमजोर हुने खतरा रहेको उनीहरूको भनाइ थियो।
मञ्चले तत्कालीन राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मलाई निर्णय पुनर्विचार गर्न पटक–पटक आग्रह गर्दै आएको थियो। अन्ततः सरकारले निर्णय सच्याएसँगै प्रहरी वृत्तमा सकारात्मक सन्देश गएको मञ्चले जनाएको छ।
समाज
थप सामाग्री-
थापाथली क्षेत्रका चालिस प्रतिशत घरटहरा हटाइयो
-
थापाथली बस्ती हटाउँदा घरवारविहीन १३ जनालाई सुन्दरीघाटस्थित आश्रयमा व्यवस्थापन
-
थापाथलीमा सुकुमबासी बस्ती हटाउने अभियान सुरु, अवरोध आशंकामा ३ जना पक्राउ
-
थापाथलीमा सुकुम्बासी बस्ती हटाउन सुरु, डोजरसँगै सुरक्षा कडाइ
-
मधेश प्रदेश प्रहरीद्वारा भ्रामक समाचारको खण्डन, डीआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप
भ्रामक समाचारप्रति मधेश प्रदेश प्रहरीको आपत्ति, डीआईजी थपलियाविरुद्धको दुष्प्रचार खण्डन
२० घण्टा अगाडि
4.6kViews 448 Shares Share on Facebook Share on Twitter काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन तथा कर्मचारीको…



