

प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गरी धम्की दिने युवक पक्राउ
काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र प्रधानमन्त्रीको नाम दुरुपयोग गरी सरकारी कर्मचारीलाई धम्क्याएको आरोपमा एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६, वीरेन्द्रचोक टोल घर भई हाल काठमाडौंको शंखमुलमा बस्दै आएका २२ वर्षीय प्रकाश खड्का रहेका छन्। उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले नियन्त्रणमा लिएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले शनिबार जारी गरेको विज्ञप्तिअनुसार दैलेखको दुल्लु नगरपालिका–१३ का वडा सचिव कमल भण्डारीलाई एक व्यक्तिले प्रधानमन्त्री कार्यालयको नाम प्रयोग गर्दै फोनमार्फत धम्की दिने, भय र त्रास सिर्जना गर्ने तथा अमर्यादित भाषा प्रयोग गरेको पाइएको थियो।
उक्त घटनासम्बन्धी अडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको थियो। अडियोमा खड्काले आफूलाई प्रधानमन्त्री कार्यालयसँग जोड्दै वडा सचिव भण्डारीलाई फोनमार्फत धम्क्याएको सुनिएको बताइएको छ।
अडियो भाइरल बनेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै छानबिन गरी आवश्यक कानुनी कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको थियो।
सोही निर्देशनअनुसार जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान अघि बढाउँदै खड्कालाई पक्राउ गरेको जनाएको छ।
समाज
थप सामाग्री-
`मृत्युको सडक’ विरुद्ध महाअभियान : व्यवहार परिवर्तन नै मुख्य चुनौती
-
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
-
आज असार ३ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
१ दिन अगाडि
2.1kViews 351 Shares Share on Facebook Share on Twitter मेष- आज तपाईंको आर्थिक पक्ष बलियो बन्ने संकेत देखिन्छ । आम्दानीका नयाँ…



