

ललितपुर अदालतद्वारा ज्योती गुरुङविरुद्ध २१ दिने सार्वजनिक सूचना, मितेरी सहकारी प्रकरणमा मुद्दा अघि बढ्ने
काठमाडौं । ललितपुर जिल्ला अदालतले मितेरी सहकारीको रकम हिनामिना प्रकरणमा कांग्रेस नेता धनराज गुरुङकी पूर्वपत्नी ज्योती गुरुङका नाममा २१ दिने सार्वजनिक सूचना जारी गरेको छ।
अदालतले उनलाई तोकिएको अवधिभित्र अदालतमा उपस्थित भई आफ्नो पक्षमा सबुत–प्रमाणसहित प्रतिउत्तर पेश गर्न आदेश दिएको छ। मितेरी सहकारीको करिब साढे १२ करोड रुपैयाँ हिनामिना भएको आरोपमा ज्योती गुरुङविरुद्ध मुद्दा दायर भएपछि अदालतले सार्वजनिक सूचना जारी गरेको हो।
सोमबार प्रकाशित सूचनामा मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १०५ उपदफा (२२) बमोजिम म्याद जारी गरिएको उल्लेख छ। सूचनामा भनिएको छ, “पत्रिकामा प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक २१ दिनभित्र आफैँ वा कानुनबमोजिमको प्रतिनिधिमार्फत आफ्नो भएको सबुत प्रमाणसहित प्रतिउत्तर पत्र लिई अदालतमा उपस्थित हुनुहोला।”
अदालतले तोकिएको समयभित्र उपस्थित नभए कानुनअनुसार मुद्दा अघि बढ्ने र पछि कुनै उजुरी–अपिल नलाग्ने चेतावनीसमेत दिएको छ।
सूचनामा ज्योती गुरुङको तीनपुस्ते विवरणसमेत समावेश गरिएको छ। मितेरी सहकारी ठगी प्रकरणमा उनको मुख्य भूमिका रहेको आरोप लाग्दै आएको छ।
समाज
थप सामाग्री
बागमती नदीमा नुहाउने क्रममा दुई युवक बेपत्ता, खोजी जारी
१ दिन अगाडि
1.7kViews 125 Shares Share on Facebook Share on Twitter काठमाडौँ । बागमती नदीमा नुहाउने क्रममा दुई युवक बेपत्ता भएका छन्।…



