

पेसागत राष्ट्रिय कलाकार सम्मान २०७८ बाट कलाकार तथा समाजसेवि जानकी सम्मानित
काठमाडौं फागुन ८ – आफ्नो स्थापनाकाल देखिनै बिभिन्न समयमा राष्ट्रवादी गितको बिमोचन, कलाकार,समाजसेबि तथा बिभिन्न ब्यक्तित्वहरुलाई सम्मान कलाकार र पत्रकार बिचमा खेलकुद जस्ता कृयाकलाप गराउँदै आएको एक्टिभ ईन्टरटेनमेन्ट ले आज प्रजातन्त्र दिवसको अवसरमा पेसागत राष्ट्रिय कलाकार सम्मान २०७८ तथा म्युजिकल प्रोगाम गरेको छ ।
सम्मान कार्यक्रमा फिल्म उद्योगमा काम गर्ने सबै विधाका प्राबिधिक कलाकार तथा समाजसेवि हरुलाई सम्मान गरिएको आयोजक संस्थाका अध्यक्ष बिजेन्द्र नौबागेले जनाएका छन् ।
बर्ष भरी बिभिन्न क्षेत्रमा योगदान पुर्याउने हरुलाई आफ्नो संस्थाको तर्फबाट सानो मायाको चिनो दिन यो कार्यक्रम आयोजना गरीएको आयोजक संस्थाले जानकारी गराएको छ ।एक्टिभ ईन्टरटेनमेन्टको अध्यक्ष अनु राना को शभापतित्व र नेपाली काँग्रसका बरिष्ट नेता तथा पुर्व उपप्रधान मन्त्री गोपालमान श्रेष्ठको प्रमुख आतिथ्यमा तथा हेल्पिङ ह्याण्डस् का अध्यक्ष डा.राजेन्द्र कोईराला,ईमिटी बोर्डीङ स्कुलका प्रिन्सिपल सुरेन्द्र लम्साल, समाजसेवि टेकबम लगाएत अन्य कलाकार तथा पत्रकारहरुको आतिथ्यमा सम्पन्न भएको कार्यक्रमको सन्चालन कलाकार मोडल तथा सर्जक बिजेन्द्र नौबागे ले गर्नु भएको थियो ।कार्यक्रममा नेपाली चलचित्रका निर्देशक अमर वली,म्युजिक भिडियो निर्देशक देवेन्द्र पाण्डे,म्युजिक भिडियो निर्देशक प्रकाश धिताल,सर्जक गोबिन्द भट्ट,मोडल तथा मिडियाकर्मी श्रेयाकार्की, गायक रुपक डोटेल, गायक तिलक बस्नेत, गायक एलिज एन्जल राई,ब्यबसायी तथा समाजसेबि राजुकार्की, कलाकार तथा समाजसेविजानकी बज्रचार्य,निदेशक तथा भिडियो सम्पादक प्रेम शर्मा पौडेल, समाजसेवि दुर्गा लम्साल, गायक / सर्जक / मोडल मिलन बिष्ट, संचारकर्मी तथा सामाजिक अभियन्ता डि.बि. पराजुली लगायतलाई बिभिन्न बिधामा प्रशंसनिय कार्य गरेको भन्दै पेसागत राष्ट्रिय कलाकार सम्मान २०७८ ले सम्मान समेत गरीएको थियो ।
कार्यक्रममा स्वागत मन्तब्य निर्देशक अमर वली ले राख्नुभएको थियो भने गायक रुपक डोटेल र तिलक बस्नेत ले गित गाएर मनोरन्जन दिनु भएको थियो ।
कार्यक्रममा शुभकामना मनतब्य राख्ने सबै बक्ताहरुले कलाकार तथा सर्जक राष्ट्रका गहना हुन् भन्र्दै यसको संरक्षण राज्यले गर्नु पर्ने धारणा राख्नुभएको थियो ।
आफ्नो मनतब्य राख्ने क्रममा प्रमुख अतिथि गोपालमान श्रेष्ठले गित संगित र कलाकारीतालाई आफुले सदैब माया गर्ने भएकोले ब्यस्तताको बाबजुद पनि कार्यक्रममा उपस्थित भएको बताउनु भएको थियो ।
कार्यक्रममा बिभिन्न नृत्य तथा गितहरु पनि प्रस्तुत गरिएको थियो । कलाकार तथ सर्जक बिजेन्द्र नौबागले कार्यक्रम भब्य रुपमा सम्पन्न भएको भन्दै कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने सबैलाई आयोजक संस्थाको तर्फबाट हार्दिक आभार समेत ब्यक्त गर्नु भएको छ ।
समाज
थप सामाग्री-
द्वन्द्वकालीन गम्भीर अपराधमा कारबाहीको बाटो खुला, सर्वोच्चको परमादेश
-
विदेशी रोजगारीको नयाँ ढोका : युवतीहरूका लागि सुरक्षित र व्यवस्थित अवसर
-
दिक्पाल छन्दमा ‘सम्झेर प्यार’ : प्रेम, समर्पण र अनुभूतिको गहिरो गजल
-
प्रचण्डको सरकारमाथि कडा आरोप: निरंकुश शैलीतर्फ उन्मुख भएको दाबी
-
आज बैशाख १७ गते बिहीबार,यस्तो छ तपाईको राशिफल
१५ दिनमै तलब: सरकारको नयाँ प्रणाली सुरु, अर्थतन्त्र चलायमान बनाउने अपेक्षा
७ घण्टा अगाडि
1.5kViews 425 Shares Share on Facebook Share on Twitter काठमाडौं । सरकारले अब कर्मचारीलाई १५ दिनमै पारिश्रमिक उपलब्ध गराउने नयाँ…



