

तास खेलिरहेको अवस्थामा १५ जना पक्राउ
काठमाडौं फागुन ९ ।काठमाडौं महानगरपालिका-१२ टेकु ब्रहम टोलमा तास खेलिरहेको अवस्थामा ९ जनालाई नगद ३९ हजार ६ सय ६० रूपैयाँ, ५ सय भारतीय रूपैयाँ र १ बुक तास सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त टोलमा जुवतास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
काभ्रे, नमोबुद्ध नगरपालिका-२ खनालथोक बस्ने गोपाल कुईकेलको गोठ घरमा तास खेलिरहेको अवस्थामा ६ जनालाई नगद २ लाख ६० हजार ५ सय ३० रूपैयाँ र १८ बुक तास सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । उनको गोठ घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
समाज
थप सामाग्री-
द्वन्द्वकालीन गम्भीर अपराधमा कारबाहीको बाटो खुला, सर्वोच्चको परमादेश
-
विदेशी रोजगारीको नयाँ ढोका : युवतीहरूका लागि सुरक्षित र व्यवस्थित अवसर
-
दिक्पाल छन्दमा ‘सम्झेर प्यार’ : प्रेम, समर्पण र अनुभूतिको गहिरो गजल
-
प्रचण्डको सरकारमाथि कडा आरोप: निरंकुश शैलीतर्फ उन्मुख भएको दाबी
-
आज बैशाख १७ गते बिहीबार,यस्तो छ तपाईको राशिफल
१५ दिनमै तलब: सरकारको नयाँ प्रणाली सुरु, अर्थतन्त्र चलायमान बनाउने अपेक्षा
७ घण्टा अगाडि
1.5kViews 425 Shares Share on Facebook Share on Twitter काठमाडौं । सरकारले अब कर्मचारीलाई १५ दिनमै पारिश्रमिक उपलब्ध गराउने नयाँ…



