यस्तो रहनेछ आजको मौसम
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।देशका तराई भू-भागका केही स्थानहरू हुस्सु/कुहिरो लाग्न सक्ने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्नेछ । साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।देशभर चिसो बढ्दो क्रममा छ । राजधानी काठमाडौँको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियससम्म पुगेको छ । जुम्लामा सबैभन्दा चिसो माइनस ६.६ डिग्री सेल्सियस रहेको छ भने जोमसोममा पनि माइनस ४.५ डिग्री सेल्सियस न्यूनतम तापक्रम मापन गरिएको छ । जिरीमा माइनस ०.७ डिग्री सेल्सियससम्म न्यूनतम तापक्रम पुगेको छ ।आइतबार कोशी, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
समाज
थप सामाग्री-
बैंक तथा वित्तिय संस्थाः हिजो ऋणीलाई भाग्ने बनायो, आज आफैं भाग्दै
-
पर्साका एसपी भट्टका घुमुवा रामराज हेडक्वार्टर तानिए, भट्ट पनि सोधपुछमा
-
स्कुलबाट रिटायर भएका शिक्षकलाई हेलिकप्टरबाट आकाशीय बिदाई : उत्तरी गोरखामा बनेको अनौठो इतिहास
-
आज मंसिर २४ गते बुधबार, यस्तो छ तपाईको राशिफल
-
तीनकुने घटनामा मारिएका पत्रकार सुरेश रजक शहीद घोषणा
प्रहरी कार्यालयमा ‘बिचौलिया निषेध’ अभियान : सर्वसाधारणका लागि प्रत्यक्ष पहुँच सुनिश्चित
३ दिन अगाडि
3.5kViews 231 Shares Share on Facebook Share on Twitter काठमाडौँ । काठमाडौँ जिल्ला प्रहरी परिसरले सर्वसाधारण नागरिकलाई प्रत्यक्ष सेवासम्बन्धी पहुँच…



