ललितपुर सिडीओ कार्यालयमा पानीको हाहाकार, मेयर चिरिबाबुको गफ फण्डा सावित

ललितपुर । ललिततपुर जिल्ला प्रशासन कार्यालयमा जति सुविधा सम्पन्न भवनहरु छन् त्यो भन्दा जीवन जिउन र कार्यालय सञ्चालनको लागि अति आवश्यक पानीको भने हाहाकार नै देखिएको छ ।
बाहिरी आवरण हेर्ने हो भने ललितपुर जिल्ला प्रशासन कार्यालय नेपालकै सुविधा सम्पन्न भवनहरु मध्य पर्दछ । तर, दुरदृष्टि नभएका टेण्डरबाट भवन निर्माणको जिम्मेवारी पाएकोे कम्पनीले कसरी हुन्छ चाँडो भवन निर्माण गरी नापचाँजको जिम्मेवारी लिएको इन्जिनियरलाई कमीशन खुवाएकै भरमा सम्पन्न गरेको पाइन्छ । होइन भने पानी विना जीवनै नचल्ने भन्ने जानकारी हुँदाहुँदै पनि हजारौं सेवाग्राहीले सेवा लिने जिल्ला प्रशासन कार्यालयजस्तो संवेदनशील निकायमा पानीको हाहाकार हुनुले ललितपुर महानगरपालिकालगायत ललितपुरवासीकै खिल्ली उडेको प्रस्टरुपमा देख्न सकिन्छ । ललितपुर महानगरपालिकाभित्र सर्वसाधारण जनताले समस्या झेल्नुपरेको खण्डमा आफूलाई सम्पर्क गर्नु भन्ने महानगरपालिकाका मेयर चिरीबाबु महर्जन जिल्ला प्रशासन कार्यालयमा गएकै छैनन् त ? यसबाट के बुझ्न सकिन्छ भने मेयर चिरीबाबु महर्जनले कत्तिको हावादारी गफ गर्दा रहेछन् भने जिल्ला प्रशासन कार्यालयको शौचालयले गिज्याइरहेको दृश्यले प्रष्ट हुन्छ ।
जिल्ला प्रशासन कार्यालय भनेको दैनिक हजारौं सर्वसाधारणले सेवालिने र सेवा दिने जनमुखी कार्यालय हो । यस्तो कार्यालयमा पनि दुरदृष्टिको कमी भएको भवन निर्माणकर्ता कम्पनीले पानीको अभाव हुँदाहुँदै पनि कसरी त्यत्रो भवन निर्माण ग¥यो ? र सो भवन मजबुत छ भन्ने कसरी विश्वास गर्न सकिन्छ ? सोचनीय विषय बनेको छ ।
पानीको अभावका कारण शौचालयको दुर्गन्धले बाहिर गेटसम्मका सेवाग्राहीहरु नाक थुन्न बाध्य छन् । ट्वाइलेट लागेको अवस्थामा ट्वाइलेटको गन्धका कारण दिशापिसाव गर्न त कहाँ हो कहाँ उल्टो दुगन्धका कारण विरामी पर्ने सम्भावना बढी देखिएको एक सेवाग्राहीले बताए ।

Facebook Comments Box
TOP
Shares