

प्रमुख व्यापारीक केन्द्र, यस्तो जिर्ण ? जिम्मेवार को त ?
काठमाडौं जेठ २४ ।घरधनीलाई भाडावालसँग रकम असुल्न् मात्र छ । घरको संरक्षणको कुनै मतलव नै छैन ।
राजधानीको प्रमुख व्यापारीक केन्द्र न्यूरोड किन यस्तो जिर्ण हुँदा पनि कसेको ध्यान गएको छैन ? व्यापारिक महल विशाल बजारको पश्चिम तर्फका थुप्रै घर यती जिर्ण छन् कि कुन बेला भत्कने हुन् जस्तो लाग्छ । घरको अगाडी झार र विरुवा उम्रेर सौन्दर्यमै असर पारिरहेको छ । पोलमा र घरका भित्तामा बिजुली, टेलिफोन अनी टीभी र इन्टरनेटका तार जिंग्रिड यत्रतत्र जेलीएको अवस्थामा देखिन्छ । र, पनि दैनिक हजारौं जनाको ओहोरदोहोर र किनमेलका लागि पुग्ने ग्राहकको आकर्षणतर्फ त्यहाँका घरधनीलाई कुनै मतलव छैन । मतलव छ त न्यूरोडमा आफ्नो घर भएको घमण्ड अनी मैनावारी चर्काे भाडा असुल्नुको मज्जा ।
शहरको सुन्दरता बढाउन नारा लगाउँछ महानगरले । प्रचार प्रसारका नाममा घरका छतमा टाँगिने ठूला ठूला होडीड बोर्डले सुन्दरतालाई असर पारेको, कुरुप देखाएको, दृश्य छेकिएको भन्दै हटाउन लगाउने महानगरपालिकाले साँच्चिकै शहर कुरुप पार्ने अनी चर्काे भाडा असुल्ने घरबेटीमाथि किन एक्सन लिन सक्दैन ? संरक्षणको अभावमा जिर्ण बनेका घर भोली क्षतीग्रस्त भएर मानविय क्षती भयो भने को जिम्मेवार ? यतातर्फ पनि बेलैमा सोच्ने कि ?
समाज
थप सामाग्री-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
-
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
२१ घण्टा अगाडि
1.8kViews 250 Shares Share on Facebook Share on Twitter काठमाडौं । ललितपुरको जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको प्रसिद्ध भोटो जात्रा हुँदैछ।…



