

नेपाली सेनाका इन्जिनियरहरु नेपाल इन्जिनियरिङ कलेजमा
काठमाडौं । नेपाली सेना, इन्जिनियर तालिम शिक्षालय गौचरण व्यारेकका इन्जिनियर युवक अधिकृतहरुले नेपाल इन्जिनियरिङ कलेजको स्थलगत भ्रमण गरेका छन् । मंगलबार गौचरण ब्यारेकका १६ जना इन्जिनियर अधिकृतहरुले कलेजको स्थलगत अध्ययन अवलोकन गरेका हुन् ।
सो क्रममा उनीहरुले कलेजको हाइड्रोपावर ब्रेक पोर्टेशन इन्जिनियरिङको अध्ययन, माइक्रो हाइड्रोपावर प्लान्टको अवलोकन गर्दै विषयगत शिक्षकहरुबाट ज्ञान लिएका छन् । नेपाली सेनाका अधिकृतहरुलाई कलेजका एशोसिएट प्रोफेसरद्वय रघुनाथ प्रजापति, सुनिल ख्याजू, असिस्टेन्ट प्रोफेसरद्वय विनय शाक्य, रक्षक ढुंगेल लगायतले ज्ञान र निर्देशन दिएका थिए ।
नेपाली सेनाले विगत नौ वर्षदेखि नेपाल इन्जिनियरिङ कलेजमा आएर इन्जिनियरिङ विधाका विविध विषयमा ज्ञान लिने गरेको छ । इन्जिनियरिङ विधाका सबै विषयहरु प्रयोगात्मक शिक्षण विधिबाट अध्यापन हुने र कलेजले स्थापना गरेका ल्याब, मिनी हाइड्रो पावर प्लान्टहरु उत्कृष्ट रहेकाले नेपाली सेनाका इन्जिनियर अधिकृतहरु अध्ययन र अवलोकनका लागि आउने गरेका छन् ।
मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित कलेज पोखरा विश्वविद्यालयको उत्कृष्ट इन्जिनियरिङ कलेज हो । पूर्णकालिन शिक्षकशिक्षिका, आफ्नै सुविधासम्पन्न भवन, अत्याधुनिक पुस्तकालय तथा राष्ट्रिय, अन्तराष्ट्रिय रिसर्चका अवसरको उपलब्धताले यस कलेजलाई नेपाल इन्जिनियरिङ काउन्सिलले स्थायी प्रमाणपत्र समेत दिएको छ ।
समाज
थप सामाग्री-
विदेशी रोजगारीको नयाँ ढोका : युवतीहरूका लागि सुरक्षित र व्यवस्थित अवसर
-
दिक्पाल छन्दमा ‘सम्झेर प्यार’ : प्रेम, समर्पण र अनुभूतिको गहिरो गजल
-
प्रचण्डको सरकारमाथि कडा आरोप: निरंकुश शैलीतर्फ उन्मुख भएको दाबी
-
आज बैशाख १७ गते बिहीबार,यस्तो छ तपाईको राशिफल
-
१५ दिनमै तलब: सरकारको नयाँ प्रणाली सुरु, अर्थतन्त्र चलायमान बनाउने अपेक्षा
वालेन सरकारलाई प्रश्नः जडीबुटीको बसपार्क कहिले हटाउने ?
६ घण्टा अगाडि
2.3kViews 456 Shares Share on Facebook Share on Twitter काठमाडौं महानगरपालिका–३२, जडीबुटीमा अरनिको बसपार्क सञ्चालित छ । बाटो छेउ र…



